पर्वतका पत्रकारलाई कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि तालिम संचालन  - News site from Nepal
पर्वत– पर्वतमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि दुई दिने तालिम शुरु भएको छ ।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो ।  तालिममा जिल्लामा क्रियाशिल २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले मुलुकका हरेक परिवर्तनहरुमा पत्रकारहरुको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । चौथो अंगको रुपमा राज्यलाई सहि मार्गमा हिडाउनुका साथै आवाजबिहीनहरुको आबाज  बनेर काम गरिरहेको बताउँदै सकारात्मक कुरामा प्रोत्साहन र नकारात्मक कुरामा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । नगरप्रमुख तिवारीले पत्रकारिता र सञ्चार क्षेत्रकको संरक्षणका लागि तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सूचना प्रविधिको विकाससँगै समाचार संकलन, सम्पादन, विश्लेषण र प्रसारणका कामहरू अझ छिटो, प्रभावकारी र व्यवस्थित बनाउन कृत्रिम बुद्धिमत्ताको ठूलो भूमिका खेलेको छ । यसले समाचार संकलनमा सहजता, छिटो समाचार लेखन, तथ्य जाँच, भाषा अनुवाद र सम्पादन, डेटा पत्रकारिता, भिडियो, अडियो र फोटो सम्पादन, व्यक्तिगत सामग्री निर्माणमा सघाउ पुग्ने प्रशिक्षक जीवन भण्डारीले बताउनुभयो । पत्रकारिता क्षेत्रमा एआई एउटा शक्तिशाली सहायक प्रविधिको रुपमा विकास हुँदै गएको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न  उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष रञ्जना खत्री र संचालन सचिब साजन परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!