पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न - News site from Nepal
पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न

पर्वत- पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ।
पर्वत क्रिकेट संघका अध्यक्ष रेशम बहादुर केसीको अध्यक्षता तथा फलेबास नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अच्युत तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा‌ विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक क्रिकेट संघका सदस्य ऋषिरा‌म गौतम, सशस्त्र प्रहरी बल नेपाल न.२५ गण हे.क्या चण्डिका प्रहरी निरीक्षक सुनिल केसी र जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य गंगा बहादुर गुरुङको उपस्थिति रहेको थियो।
साधारण सभामा अतिथिको रुपमा बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्य, मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय, सरस्वती माध्यमिक विद्यालयका शिक्षक शिवलाल शर्मा, बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगर, नेत्र हिन क्रिकेट संघका प्रतिनिधि हरिदत्त शर्माको‌‌ उपस्थिति थियो।
उक्त साधारण सभामा पर्वत क्रिकेट संघका उपाध्यक्ष सुजन शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालय‌को तर्फ बाट मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय र बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगरले विद्यालयहरूमा क्रिकेट खेलको विकास के कसरी गर्न सकिन्छ भन्ने सुझावसहित मन्तव्य व्यक्त गर्नुभएको थियो। खेलाडीहरू अभिभावकको तर्फ बाट शेषराज सुबेदि र पूर्व खेलाडीको रूपमा विनोद पोखरेलज्यूले मन्तव्य दिनुभएको थियो। त्यसैगरी बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले बाग्लुङ र पर्वत सँगसँगै सम्बोधन पाएको र छिमेकी जिल्लाको रूपमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा राख्दै मन्तव्य दिनुभएको थियो।
साधारण सभामा जिल्ला भित्र प्रतियोगिताहरू आयोजना गर्दा सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संस्थाहरूलाई समेत सम्मान गरेको थियो।
क्रिकेट संघले सम्बन्धन पाउँदाका‌ चुनौतीहरू, हाल नेपाल क्रिकेटको वर्तमान अवस्था , जिल्ला क्रिकेटमा स्थानीय सरकारको अपरिहार्य, सिमित स्रोत साधन र बजेटको बाबजुद पर्वत क्रिकेट संघहले गरेको कार्य सम्पादनको चर्चा लगायतका कुराहरू व्यक्त गर्नुभएको थियो।
त्यसैगरी प्रमुख अतिथि फलेवास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अच्तुत तिवारीले वर्तमान राजनीतिक अवस्था र खेलकुद , स्थानीय तहमा खेलकुद विकासका चुनौतीहरू , वडाहरुमा खेलकुदको लागि सिमित बजेट,‌ पर्वत क्रिकेट संघले पछिल्लो समयमा गरेका प्रतियोगिताहरूको प्रशंसा, पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्दै यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश बाट छनोट हुन सफल खेलाडीहरूलाई बधाई तथा शुभकामना , विगतको वर्षहरूमा राष्ट्रिय स्तरमा खेल्न सफल खेलाडीहरूलाई बधाई लगायत स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगको लागि आफू तयार रहेको बताउनुभयो।
यसो साधारण सभाको समापन पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै समापन गर्नुभएको थियो।
साधारण सभा पर्वत क्रिकेट संघका सचिव दिपेन्द्र शर्मा लामिछानेले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!