पर्वत- पर्वत महोत्सवमा गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ले भब्य प्रस्तुति दिएका छन्।
ब्याण्डले नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ र यसमा कर्णालीको धेरै कुरा समेटिएको छ।
ब्याण्डले अमेरिका र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय टूर पुनः सुरु गर्ने तयारी गरिरहेको छ।
काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा गुञ्जिएको छ ।
त्यहाँ आयोजना भैरहेको पर्वत महोत्सवमा ब्याण्डले भब्य प्रस्तुति दियो । पर्वत उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा ब्याण्डलाई सुन्न दर्शकको उत्साहजनक सहभागिता थियो ।
दर्शकले चिसोको पर्वाह नगरि ‘प्रमोद एण्ड परम्परा’ लाई धैयपूर्वक सुने र संगीतमा झुमे । ‘दर्शकले भरपुर साथ दिनुभयो । खुसी लाग्यो’ खरेलले अनलाइनखबरसँग भने, ‘ब्याण्डलाई एकदमै माया र साथ दिनुभयो ।’
यसबाहेक, ब्याण्ड नयाँ गीत रिलिजको तयारीमा छ । हालै रेकर्ड भएको गीतलाई चाँडै सार्वजनिक गर्ने तयारी छ ।






