कुश्मामा इभि गाडी दुर्घटना हुँदा १० जना घाईते   - News site from Nepal
कुश्मामा इभि गाडी दुर्घटना हुँदा १० जना घाईते  
पर्वत २१ वैशाख  : म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ८६७५ नम्वरको इभि गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा दुर्घटना भएको छ ।
सोमवार दिउँसो तीन बजे भएको दुर्घटनामा परी १० जना घाईते भएका छन् । तीब्र गतिमा गुडिरहेको गाडी चिल्पिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिनेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाईते हुनेमा म्याग्दीको बेनी नगरपालिका वडा नं. ४ सिंगातातोपानीका ६० वर्षिया देबी खत्री, कास्की, पोखरा महानगरपालिका –१३ बस्ने  ५५ वर्षिय लालबीर दमै, सोही ठाउँकी २५ वर्षिया सिता परियार, पर्वतको जलजला गाउँपालिका वडा नं. २ की ३८ वर्षिया लिला परियार, उनका छोरा ८ वर्षका दिप्सन परियार घाईते भएका छन् ।
यसैगरी ४९ वर्षिय बिष्णु दमै, १९ वर्षिय सुस्मिता दमाई, पोखरा महानगरपालिका १० बस्ने ३८ वर्षिया शुसिला थापा ५० वर्षिया लिला थापा रहेको प्रहरीले जनाएको छ ।
सवैजना घाईतेहरुको प्रदेश अस्पताल पर्वतका उपचार भैरहेको छ । घाइतेहरुको टाउँको, हातखुट्टामा चोट लागेको छ । सवैको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ । इभि चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!