राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोणराज भुसाल नियुक्त - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास-  पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको पोखराचौरमा अवस्थित राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोण राज भुसाल नियुक्त हुनुभएको छ ।
बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसालाई प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । विद्यालयका पूर्व प्रधानाध्याकपले आफ्नो स्वस्थ्य अवस्था सवल नभएका कारण आफु पदमा बसेर काम गर्न कठिन भएको कारण खुलाई यहि श्रावण ११ गते राजिनामा दिएको बताईएको छ । आफुले जीम्मेवरी पदमा बसेर काम गर्न नसकेको कुरा अवगत गराउँदै पूर्व प्रधानाध्यापकले केहि समय पहिले पनि राजीनामा पत्र व्यवस्थापन समिति समक्ष बुझाएको र समितिले उहाँलाई नै काम गर्न आग्रह गदै आईरहेका वेला फेरी दोस्रो पटक राजिनामा पत्र आएपछी समितिको बैठक बसि उहाँको राजिनामा स्वीकृत गरीएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रधानाध्यापक नभएमा विद्यालयको पठनपाठनमा खलल पुग्ने भन्दै तुरुन्तै व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षकहरु, कार्यरत शिक्षक, स्थानीय बुद्धिजिवी सरोकारवाला र विद्यार्थीहरुको सल्लाह तथा चाहना बमोजीम तीस वर्षभन्दा बढि सोहि विद्यालयमा शिक्षण गर्नुभएका अनुभवि शिक्षक द्रोण राज भुसाललाई प्रधानाध्यापक पदमा सर्वसम्मत नियुक्त गरीएको अधिकारीको भनाई छ ।
विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै आजको दिनसम्म सहयोग गरी यो स्थानसम्म ल्याउन प्रेरणा प्रदान गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । भुसालले विद्यालयमा रहेका भमस्याहरुलाई विस्तारै समाधान गरी पठनपाठनलाई सवल बनाउन आफू हरबखत लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै शिक्षक, विद्यार्थी र अभिभावकहरुसंगको सहकार्यमा दैनिक पठनपाठन तथा अतिरिक्त क्रियाकलापहरुद्धारा विद्यालयको शैक्षिक प्रगतीमा उल्लेख्य योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
एक कार्यक्रमको आयोजना गरी नवनियुक्त प्रधानाध्यापकलाई निमित्त प्रधानाध्यापक सागर तिवारीले पदस्थापन गराउनुभएको थियो । पदस्थापन कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षकहरु, कार्यरत शिक्षक, स्थानीय बुद्धिजिवी, पत्रकार लगायतको उल्लेख्य सहभगिता रहेको थियो । नवनियुक्त प्रधानाध्यापक भुसाललाई अविर र खादाद्धारा भव्य स्वागत गरी बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरीएको रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसालको भनाई रहेको छ । उक्त विद्यालयमा अहिले २३० जनाभन्दा धेरै विद्यार्थिहरुले पठनपाठन गदै आईरहेको शिक्षक अभिभावक संघका अध्यक्ष टोप बहादुर बि.क. शिवले बताउनु्भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!