पर्वत– नेकपा (एमाले)को ११ औं महाधिवेशनको लागि पर्वतबाट १४ जना प्रतिनिधि चयन भएका छन् । ७७ जना आकांक्षीहरु मध्ये पाटिले सर्वसहमत रुपमा १४ जनाको नाम टुंगाएको हो ।
पाटी केन्द्रीय सदस्य पदम गिरीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु कल्पना चापागाईं र मनोहर बि. पौडेललाई सर्वसहमत प्रतिनिधि टुंगाउने जिम्मेवारी प्रदान गरेको थियो ।
पर्वतबाट चुनिएका प्रतिनिधिमा खुल्ला तर्फ गोबिन्द पहाडी, राजुप्रसाद पौडेल, पदमाणी शर्मा, देबेन्द्रराज पाण्डे, ईश्वरी भुषाल र शिव पौडेल रहनुभएको छ ।
यसैगरी युवा तर्फ जिल्ला उपाध्यक्ष बिमल लामिछाने छनौट हुनुभएको छ । युवाबाट ८ जना आकांक्षी रहेका थिए । यसैगरी दलित तर्फ बिष्णुराम बिक, निर्मल नेपाली र शर्मिला नेपाली रहनुभएको छ भने महिला तर्फ हिरादेबी शर्मा, यामकुमारी राना, हेमकुमारी अधिकारी र कमला पन्त रहनुभएको छ ।
महाधिवेशन प्रतिनिधिमा विहादी गाउँपालिकाबाट कोहिपनि परेनन् भने कुश्माबाट चार, फलेवासवाट दुई, महाशिलावाट तीन, मोदीवाट दुई र जलजलावाट एक र पैंयूवाट दुई जना परेका छन् ।
प्रतिनिधि छनौटमा पक्षपात गरिएको र पार्टीमा योगदान गरेका नेताहरुलाई नै बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु हुन थालेका छन् ।






