पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेको सरुवा भएको छ । झण्डै दश महिनादेखि पर्वतमा कार्यरत घिमीरेको जिल्ला प्रशासन कार्यालय दोलखामा सरुवा भएको हो ।
घिमीरेको स्थानमा पर्वतको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिब लक्ष्मीप्रसाद पौडेल आउनुहुने भएको छ । गृह मन्त्रालय अन्तर्गत रहि चितवनको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहनुभएका पौडेलको पर्वतमा सरुवा भएको हो ।
गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयवाट उहाँहरुको गत शुक्रवार सरुवा गरिएको थियो । यसैबीच प्रजिअ घिमीरेलाई आइतवार कर्मचारी मिलन केन्द्र, पर्वत उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाले छुट्टाछुट्ट्र्रै कार्यक्रम गरी बिदाई गरेका छन् । घिमीरे गत चैतमा पर्वतमा प्रअजिको रुपमा आउनुभएको थियो ।






