पर्वत ७ कात्तिक : मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ छमर्केमा शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाईते भएका छन् ।
बागलुङबाट कुश्मा तर्फ आउँदै गरेको ग १ ज ९०२३ नं.को इभी भ्यान र विपरित दिशाबाट जाँदै गरेको बा.प्र.०२–०५३ प ९८३४ न.को मोटरसाईकल ठोक्किँदा चार जना महिला र दुई पुरुष घाईते भएका हुन् ।
दुर्घटनामा परी मोटरसाईकल चालक धादिङको सिद्दलेख गाउँपालिका वडा नं. १ नलाङ बस्ने २९ वर्षिय सुजन तिमिल्सिना, इभी भ्यानमा सवार बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे बस्ने ७० वर्षिया बृद्धा रेवती थापा, कास्कीको मादी गाउँपालिका वडा नं. २ की ७२ वर्षिया पवि थापा, सोही ठाउँकी ४३ वर्षिया ईन्दिरा थापा, पोखरा महानगरपालिका वडा नं. १३ लेखनाथ बस्ने १४ वर्षिय रविन श्रेष्ठ, र बागलुङ नगरपालिका वडा नं. १३ बलेवा बस्ने ३५ वर्षकी जानकी खत्री रहेका छन् ।
घाईते मध्ये सुजन तिमिल्सिना, रेवती थापा र रविन श्रेष्ठलाई थप उपचारका लागि अन्नपुर्ण अस्पताल पोखरा रिफर गरिएको छ भने अन्य घाईतेहरुको प्रदेश अस्पताल पर्वतमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक समित श्रेष्ठले जानकारी दिनुभयो ।






