पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको ७१ औँ बार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न विशेष जोड दिनुपर्ने बताउनुभयो । शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्वन्धलाई विकास गर्दै विद्यालयहरुमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । नगरप्रमुख तिवारीले नगरको विकासका लागि आफु निरन्तर सक्रिय रहेको बताउँदै स्वरोजगार सिर्जना गरी गाउँबाट बढ्दै गएको बसाईसाईलाई नरोकेसम्म गाउँमा विकास भएर मात्र नहुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फलेवास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अर्जुन बहादुर कार्की, शिक्षक अभिभावक संघ अध्यक्ष कमल भुसाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा संचालित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयको पुर्व शिक्षक, पुर्ब बिद्यार्थी, समाजसेवी बिभिन्न संघ संस्थामा आवद्ध कर्मचारी जनप्रतिनिधि लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य त्रिभुवन माविका शिक्षक राजु भुसालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक शेखर तिवारी र झलक शर्माले गर्नुभएको थियो ।






