फलेवास नगरपालिकालाई शिक्षक समायोजन प्रक्रियामा चुनौती, अषाढ २ गतेदेखि थालिएको समायोजन प्रक्रिया अन्योलमा - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास- पर्वतको फलेवास नगरपालिकालाई शिक्षक समायोजन गर्न गाह्रो भएको छ । फलेवास नगरपालिका वडा नम्बर ५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयमा कर्यरत शिक्षकरुलाई अन्यत्रका विद्यालयमा समायोजन गर्न गाह्रो भएको हो ।

फलेवास नगरपालिकाले गएको अषाढ २ गते ध्रुव नमुना मा.वि.मा विद्यार्थी संख्या कम हुँदा त्यहाँ कार्यरत शिक्षकहरुलाई अन्यत्रका विद्यलयमा समयोजन गरी सहि ढंगबाट व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त विद्यालयमा मा.वि. तहका ४ जना, नि.मा.वि. तहका ३ जना, प्रा.वि. तहका ४ जना शिक्षक, १ जना लेखापाल, १ जना बाल शिक्षक र १ जना कार्यालय सहयोगी गरी जम्मा १४ जना कार्यरत रहेका थिए ।

पालिकाले गरेको समायोजन प्रक्रिया अनुसार हालसम्म मा.वि. तहका शिक्षकहरु अन्यत्रको विद्यालयममा समायोजना भइसकेको, नि.मा.वि. तहका तिन जनामध्ये २ जना समायोजना भएको र बाँकी १ जना शिक्षक कुल प्रसाद सापकोटालाई ठानामौलाको जनज्योती मा.वि. खाल्टेमा हाजिर हुन अनुरोध गरीएकोमा उनले त्यहाँ गएर शिक्षण गर्न नसक्ने विभिन्न कारण देखाई विद्यालय जान नमानेको बताएका छन् ।

प्रा.वि. तर्फका ४ जना शिक्षकहरुमध्ये २ जना समायोजन भई अन्यत्रका विद्यालयमा हाजिर भैसकेको भने बाँकी २ जना शिक्षक कृष्ण कुमारी शर्मा र शिव प्रसाद शर्माले गत अषाढ २ गते यता रित्तो विद्यालय कुरेर बस्न बाध्य भएका छन् । शिक्षक समायोजन गर्ने निर्णय भएको २ महिना वितिसक्दा पनि उनिहरुलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै टुंगो लागिनसकको शिक्षा शाखाका पदाधिकारीले बताएका छन् ।

विद्यालयमा कार्यरत लेखापाल गणेश वि.क.ले भने पछिल्ला केहि दिन यता भवानी विद्यापीठ मा.वि. खानीगाउँमा शिक्षण गर्न थालेका छन् । उनले पनि खास कहाँ र कसरी काम गर्ने भन्ने विषय अन्योलमा रहेको बताएका छन । अहिले उक्त विद्यालयकोे बालकक्षामा १ जना विद्यार्थी रहेको स्थानीयको भनाइ रहेको छ । पहिलो चरणमा नगरपालिकाको बैठक वसि यो पक्रिया थालिएको र कतिपय शिक्षकहरुलाई आफुहरुले पठाएको विद्यालयमा जान कठिन भएका कारण असहज भई जान नमानेकोले यो अवस्था सिर्जना भएको नगरपालिकाका मेयर गंगाधर तिवारीले बताएका छन् ।

अबको १ हप्ताभित्रै सवै शिक्षकहरुलाई समायेजन गर्ने गरी दोस्रो चरणको प्रक्रिया थालिने उनको भनाई रहेको छ । सञ्चारकर्मीसंग बोल्दै मेयर तिवारीले धेरैजसो शिक्षकहरु समायोजन गरीसकिएकोले अब यो समस्या समाधानको अन्तिम चरणमा पुगेको बताउँदै सवैलाई मिल्ने गरी छिटैनै व्यवस्थापन गरीने बताएका छन् । सोहि विषयमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्यले भने आफुहरुले विगतदेखि नै कम विद्यार्थी संख्या भएका विद्यालयहरुलाई मर्ज गरी समायोजना गर्दै आईरहेको बताउँदै अहिलेको चरणमा थालिएको यो समायोजन प्रक्रियापनि पूर्णरुपमा नियमसंवत तवरले टुङ्गोमा पुर्‍याईने बताएका छन् ।

फलेवास नगरपालिकाले विगतदेखि नै आफ्नो पालिकाभित्रका कम विद्यार्थी सङख्या भएका विद्यालयहरुलाई मर्ज गरेको बताउँदै आचार्यले विचमा समायोजनको पक्रिया रोकिएतापनि अहिलेको यो चरणदेखि निरन्तरता दिने बताएका हुन् । अहिले पालिकाभित्र रहेका धेरैजसो आधारभूत तहका (प्रा.वि.) विद्यालयहरुमा विद्यार्थी सङ्ख्या कम भएतापनि पालिकाले कुनै चाँसो नदेखाएकोप्रती फलेवास नगरपालिकावासिहरुले गुनासो व्यक्त गरेका छन् । यिनै कुरालाई मध्यनजर गर्दै आचार्यले अवको केही समयमै त्यस्ता सवै विद्यालयहरुलाई समायोजना गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!