लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागि पर्वत एमालेले भोली बृहत जनसभा गर्ने  - News site from Nepal
पर्वत– नेकपा एमाले जिल्ला कमिटि पर्वतले भोली सदरमुकाम कुश्माबजारमा बृहत र्‍याली तथा जनसभा गर्ने भएको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आव्हान गरेको आन्दोलनका कारण मच्चिएको विध्वंसका कारण यो मुलुकको लोकतन्त्र र संविधानमाथि आक्रमण भएको भन्दै यिनको रक्षाका लागि जनसभा गर्न थालिएको हो । नेकपा एमालेले देशैभरी कात्तिक २९ गते जनप्रदर्शनको आयोजना गरेपनि पर्वतमा भने एक दिन अगावै भोली शुक्रवार जनसभाको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटि पर्वतका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोली दिउँसो कुश्माबजारको वडागाउँदेखि शुरु हुने र्‍यालीले बजार परिक्रमा गरी पार्टी कार्यालय नजिकै मञ्चमा पुगेर सभामा परिणत हुने भएको छ । र्‍यालीलाई सन्देशमुलक र रोमाञ्चक बनाउनका लागि पञ्चेवाजा, लाखेनाथ, भजनकृतन, विभिन्न समुदायका सांस्कृति तथा धार्मिक पोषाक लगायत पर्वत जिल्लाका विभिन्न पहिचानहरुलाई समेत प्रदर्शन गराईने भएको छ ।
जनसभामा सहभागिताका लागि जिल्ला कमिटिका सवै पुर्व जिल्ला कमिटि, पालिका कमिटि, पुर्व पालिका कमिटि, वडा कमिटि, जनबर्गिय संगठनका पालिका तथा जिल्ला कमिटिहरु, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, टोल कमिटि, तथा पार्टीका सवै शुभचिन्तकहरुलाई आव्हान गरिएको छ ।  कार्यक्रममा हजारौ नेता कार्यकर्ताहरुको उपस्थिति रहने छ । अध्यक्ष पहाडीका अनुसार विशाल र्‍याली र जनसभाले लोकतन्त्र र गणतन्त्रमाथि धावा बोल्नेहरु, जेनजी आन्दोलनको आवरणमा मुलुकका विध्वंस मच्चाउनेहरुलाई सजग गराउन मद्धत पुग्ने बताउनुभयो ।
भोली हुने कार्यक्रमबा बारेमा बिहीवार विहान पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष पहाडीले नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताउनुभयो । एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै उहाँले जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने दाबी गर्नुभयो । उहाँले वर्तमान सरकार आफैं संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने टिप्पणी उहाँको छ ।
जनताको रोजाइको पहिलो पार्टी जनमतबाट अलग हुने भन्ने चाहीँ कल्पना नै गर्न सकिँदैन,’ पहाडीले भन्नुभयो ‘तर नहुने चुनावमा हामी भाग लिन्छौ भन्दै हिड्ने कुरा केटाकेटी पन हुन्छ जस्तो लाग्छ । किनकि चुनाव गराउने सरकारनै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ पहिले कुरा त त्यही कुरा के हुन्छ भन्ने कुराकै ठेगान त छैन ।’
पहाडीले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताउनुभयो । उहाँले संसद पुर्नस्थापना नभै एमालेको मुख्य ध्येय रहेको बताउनुभयो ।
पहाडीले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो । एका छन् ।
‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको बताउँदै ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन– सबैलाई कडा कारबाही गरौं ।’
पहाडीले जेनजीको नामा पर्वतका राजनीतिक दलका पार्र्टी कार्यालय र व्यक्ति घर तथा सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्ने तथा गर्न उक्साउनेहरुलाई पर्वतको प्रहरी प्रशासनले कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोस समेत पोख्नुभएको छ ।
प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश विकले संचालन गरेको कार्यक्रममा एमाले जिला कमिटि सचिब सुवासचन्द्र पौडेलले भोलीको कार्यक्रम र तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!