पर्वत– तत्कालीन नेकपा माओवादी केन्द्र का कुश्मा नगर कमिटी उपाध्यक्ष तथा पर्वत जिल्ला समन्वय कमिटी सदस्य देवीप्रसाद अधिकारी नेकपा एमालेमा फर्किएका छन् ।
आइतवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनि एमालेमा प्रवेश गरेका हुन् । कुश्मा नगरपालिका वडा नं. १०, गहतेपखरा निवासी अधिकरी तत्कालीन माओवादी केन्द्रको जिम्मेवार नेताको रुपमा परिचित रहनुभएको थियो । उहाँ माओबादीमा सक्रिय हुनु अघि एमालेको सक्रिय राजनीतिमा समेत रहनुभएको थियो ।
माओवादीले मुलुकका लागि केहि परिवर्तन गर्छकी भन्ने लागेर द्धन्द्धकालदेखिनै लागेको भएपनि अहिले माओवादी पार्टीनै बिलय भएको, जनता र मुलुकको विकासका लागि केही गर्न नसकेको र आफ्नो धराताल समेत निमिट्यान्न पारेको भन्दै आफु पहिलेदेखिनै रगत पसिना बगाएर संघर्ष गरेको मुल पार्टी एमालेमै फर्किएको बताउनुभयो । उहाँले नेकपा एमालेनै मुख्य कम्यनिष्ट शक्ति रहेको र यसलनै मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्ने अधिकारीको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहाकार कमिटि सदस्य मेघनाथ सुवेदी, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिबालय सदस्य शान्त पौडेल, एमाले पर्वतका जिल्ला अध्यक्ष गोबिन्द पहाडीले अधिकारीलाई पार्टी प्रवेशको अवसरमा स्वागत गर्दै पार्टीले तत्काल महत्वपुर्ण जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रम नगर कमिटि अध्यक्ष किशोर सापकोटाले संचालन गर्नुभएको थियो ।





