जेनजी आन्दोलनपछि मैले राजनीतिमा झनै सक्रियता बढाउनुपर्ने देखियो : केद्रीय सदस्य जोशी  - News site from Nepal
पर्वत– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले राजनीतिमा आफुले झन सक्रियता बढाउनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
केहि समयदेखि आफु अब राजनीतिमा अरुलाई सहयोग गर्ने मनस्थितिमा पुगेको बताउँदै आएपनि जेनजी पुस्ताको प्रदर्शनपछि आफै सक्रिय हुनुपर्ने अवस्था आएको बताउनुभएको हो । शनिवार गृह जिल्ला पर्वतको कुश्मा बजारमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा जोशीले नेतृत्वका लागि उमेर बाधक नहुँदो रहेछ भन्ने जेनजी पुस्ताले प्रमाणीत गरेका छन् । किनकी उनिहरुले आफुबाट नेतृत्व नचुनी ७३ बर्षिया बृद्धलाई रोजेका छन् । त्यसो भएकाले मैले आफुलाई राजनीतिवाट विश्राम लिने बेला भएको छैन भन्ने लागेर सक्रिय बनिरहेको छु । उहाँल्े फेरी पनि आगामी निर्वाचनमा उमेदवार बन्ने संकेत समेत गर्नुभएको छ । कांग्रेस नेता जोशीले सवै शर्तहरुमा आफू योग्य रहेको भन्दै राजनीतिबाट आफू पर रहन नसक्ने बताउनुभयो ।
जोशीले भन्नुभयो ‘मैले पहिला भन्ने गर्थे, लौन काँध फेरौं, साथीहरु लड्नु्‌स तर पाटी नेतृत्वले मलाई नै टिकट दियो ।’ जेनजी आन्दोलनले युवा नेतृत्व भन्दा शुसासन खोजेको भन्दै आफू उमेरका कारणले मात्रै अयोग्य नभएको जोशीले बताउनुभयो । आफू अहिलेसम्म भ्रष्ट्रचारको मामिलामा कतै पनि दाग लाग्ने नेता नभएको भन्दै आगामी निर्वाचनहरु लड्नका लागि योग्य रहेको जोशीको भनाई थियो ।
उहाँले पार्टीको नेतृत्वमा अव आफू पदाधिकारी बाहेक सदस्य मात्रै नहुने संकेत गर्दै १६ बर्षसम्म केन्द्रीय सदस्य भईसकेको स्मरण गराउनुभयो । यस अघि नै आफू सहमहामन्त्रीको आकांक्षी भईसकेको भन्दै जोशीले आगामी महाधिवेशनमा पदाधिकारीमा उमेदवारी दिने समेत बताउनुभयो । पाटीको नेतृत्व परिर्वतनको पक्षमा आफू रहेको भन्दै पूर्व सांसद रहेका जोशीले पाटीका नेताहरुको सुझाबका आधारमा आफू अघि बढ्ने समेत बताउनुभयो ।
सामाजिक सञ्जालमा आफ्नो सक्रियता निरन्तर रहेको भन्दै उहाँले युवा पुस्ताले खोजे बमोजीमको ‘डेलिभरी’ दिन आफू सक्षम रहेको समेत जिकिर गर्नुभयो । जिल्लाको पाटी नेतृत्व वीच विभाजन हुँदा यस अघिका निर्वाचनहरुमा कांग्रेसले पराजय भोग्नु परेको स्मरण गर्दै अवबाट जिल्लामा सहमतीको वातावरण बनाउन आफूले प्रयास गर्ने समेत जोशीको भनाई थियो ।
आगामी माघ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन महिनामा तोकिएको प्रतिनिधि सभाको निर्वाचन दुवैमा आफु योग्य र आकांक्षी रहेको बताउनुभएको छ ।
उहाँले दुवै निर्वाचनको लागि आफू योग्य भएको र तयार रहेको समेत बताउनुभयो । ५ पटकसम्म प्रतिनिधि सभामा उमेदवार बन्नु भएका जोशी ३ पटक लगाएत विजयी बन्नुभएको थियो भने २ पटक निरन्तर पराजीत हुनुभएको थियो ।
कांग्रेसको १५ औं महाधिवेशनमा आफूलाई संस्थापन पक्षमै उभ्याउने भन्दै जोशीले आफ्नो समर्थन जहाँ रहन्छ त्यो समूह नै पाटीको संस्थापन पक्ष हुने समेत स्पष्ट पार्नुभयो ।
अर्को प्रसंगमा जोशीले नेपाली काँग्रेस पर्वतको आगामी अधिवेशन सहमतिमै टुंगो लगाउने जिकिर गर्नुभएको छ । जिल्लाको अधिवेशनमा निर्वाचन गराउने र नेता कार्यकर्ताहरुको मन र मत बाँड्ने पक्षमा म लाग्दिन, हरदम प्रयास गरेर सहमतिमै नेतृत्व चयन गर्ने उहाँको भनाई रहेको छ । पार्टीमा हुने प्रतिस्पर्धाले आम निर्वाचनलाई समेत असर गर्ने भएकाले सवै कार्यकर्ताहरुलाई एक मन एकताका साथ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा सहजीकरण गर्न लागेको उहाँको भनाई छ ।
जोशीले पन्ध्रौ महाधिवेशन निर्धारित मितिमै सम्पन्न हुने बताउँदै पछाडि धकेल्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!