पर्वत १५ असार ः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ फलेवास नगर कमिटिको आयोजनामा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
फलेवास नगरपालिका वडा नं. ५ लमाएखोलामा आयोजित रोपाई कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्माले कृषि प्रधान देश नेपालमा अन्नवालीको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । अहिलेपनि विभिन्न मुलुकवाट बार्षिक अरबौको धान नेपाल भित्रिने गरेको बताउँदै अध्यक्ष शर्माले यसको अन्त्य गर्नका लागि कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । कृषि क्रान्ति नगरेसम्म मुलुकमा समाजवाद आउन नसक्ने बताउँदै राज्यले कृषि क्षेत्रको विकासका लागि उचित योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, संविधानसभा सदस्य विकास लम्साल, गण्डकी प्रदेश सभा सदस्य मित्रलाल शर्मा, एमाले पर्वतका पुर्व अध्यक्ष राजु पौडेल, फलेवासका संस्थापक नगरप्रमुख पदमपाणी शर्मा, एमाले पर्वतका पुर्व उपसचिब शिव पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जीवन उच्चै ठकुरी, फलेवासका नगर कमिटि अध्यक्ष देवि प्रसाद तिमिल्सिना, किसान महासंघका केन्द्रीय सदस्य सुनिता शर्मा, निर्मला शर्मा लगायत को सहभागिता थियो । ।
कार्यक्रममा सहभागिता जनाउन फलेवासका नगरप्रमुख गंगाधर तिवारी पनि पुग्नुभएको थियो ।

अखिल नेपाल किसान महासंघ पर्वतका अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रोपाई महोत्सवमा सयौ जना नेता कार्यकर्ता र स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।






