पर्वत, १७ वैशाख ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा संचालित लामतुन ग्रामीण पर्यटन होमस्टेमा पर्यटन पुर्वाधार निर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् ।
पैयुँखोला तमु समाज, यूकेले तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति पर्वतको सक्रियतामा महाशिला-४ लाम्तुनमा पर्यटन पुर्वाधार बनाउनका लागि रु. १९ लाख ७८ हजार ९६१ सहयोग गरिएको हो । पैयुँखोला तमु समाज यूकेले उक्त सहयोग संकलन गरेको हो । समाजका अध्यक्ष क्या नर बहादुर पर्जु तमुले आइतवार एक समारोह बीच तमु प्ये ल्हु संघ, जिल्ला समिति पर्वतका अध्यक्ष देबबहादुर टुक्ल्हेप्री तमुलाई हस्तान्तरण गर्नुभएको छ ।
पैयुँखोला तमु समाज, यूकेका अध्यक्ष क्या. नर बहादुर पर्जु तमुले यूकेमा अवस्थित विभिन्न संघ, संस्था, व्यक्ति विशेषबाट सहयोग संकलन गरी ल्याएको रकम पर्वतको लाम्तुन ग्रामीण पर्यटन होमस्टेको सभाहलमा एक औपचारिक कार्यक्रम बीच तमु प्ये ल्हु संघ, पर्वतलाई हस्तान्तरण गर्नुभएको हो ।
संस्थागत रुपमा पैयुँखोला तमु समाज, यूकेले रु.५१ हजार ५४५ सहयोग गरेको छ भने तमु हे तमु समाज, यूकेले रु.२ लाख २५ हजार, चारभन्ज्याङ तमु समाज, यूकेले रु.१ लाख एक हजार, तमु धिं यूकेले रु.१ लाख र टुक्ल्हेप्री दाजुभाइ, यूकेले रु.५० हजार सहयोग गरेको क्या.नर बहादुर पर्जु तमुले जानकारी दिनुभयो ।
यसैगरी व्यक्तिगत रुपमा यूके बस्ने चन्द्रबहादुर पर्जु तमुले रु एक लाख ६२ हजार ५७५, क्या.नर बहादुर पर्जु तमुले रु.एक लाख ५० हजार ९८५, ले.दिल प्रसाद तमुले रु.१ लाख ५० हजार, क्या.डेम बहादुर योज तमुले रु.१ लाख ९ हजार ४५७, खुम बहादुर योज तमुले रु.१ लाख १ हजार दश १०, पूणर् बहादुर क्रोम्छें तमुले रु.१ लाख पाँच सय ७१, झक पर्जु तमुले रु.१ लाख ४०९, मेजर इन्द्र प्रसाद पर्जु तमुले रु.१ लाख सहयोग गर्नुभएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा पर्वतको नुवाखर्क पुरानो ठेगाना भइ हाल यूके बस्ने राम काजी त्होर्जे तमुुले रु.१ लाख तीन हजार २१० सहयोग गर्नुभएको थियो । हाल काठमाडौं बस्ने यम प्रसाद पर्जु तमु (राजु) ले रु.१५ हजार यूके बस्ने उज्ज्वल टुक्ल्हेप्री तमु ले रु.५१ हजार १४०, उमा तमुले रु.५०,००५, टुक पर्जु तमुले रु.५० हजार खड्क बहादुर तमुले रु.३३ हजार ४००, खेम बहादुर तमु रु.२५ हजार ३५० र नर बहादुर टुक्ल्हेप्री तमु ले रु.२० हजार २८० सहयोग गर्नुभएको थियो ।
परम्परादेखि चलिआएको तमु प्ये ताँ ल्हु ताँ को संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको तमु प्ये ल्हु संघ, जिल्ला समिति पर्वतको अगुवाइमा महाशिला-४ लाम्तुनमा निर्मित क्ल्हे क्होइबोलाई (पर्यटन पुर्वाधार) को लागि स्थानीय महाशिला गाउँ पालिकाको रु. १० लाख र गण्डकी प्रदेश पर्यटन उद्योग बन तथा बाताबरण मन्त्रालय आर्थिक बर्ष २०७८ रु. १५ लाख बिनियोजन गरि सुरुवात गरिएको थियो ।
उक्त स्थान लाम्तुङ ग्रामीण पर्यटनको हिसाबले आर्थिक बर्ष २०७६/७७ मा गण्डकी प्रदेश सरकारको घरबास कार्यक्रम बाट रु. १० लाख बिनियोजन भइ सुरुवात भएको महाशिलाकाका निवर्तमान प्रवक्ता जीवन विक्रम उच्चैले बताउनु भयो । लामतुनमा पर्यटकिय पुर्बाधार निर्माण र पर्यटन क्षेत्रमा बिकास गर्नेको लागि बृहत गुरुयोजना समेत निर्माण भएको उहाँले बताउनु भएको छ ।
हालसम्म स्वदेश तथा विदेशवाट गरी रु.९४ लाख ७९ हजार ७ सय ५३ रुपैयाँ सहयोग बापत आम्दानी प्राप्त भएको छ भने क्होइबो बनाउने देखि लिएर क्होइबोसँग सम्बन्धित संरचनाहरु जस्तै घुमाउने घर, ट्रस्ट सामुदायिक भवन आदिको खर्च विवरण आउन बाँकी रहेको संस्थाले जनाएको छ । हालसम्मको जम्मा रु.६१ लाख ९ हजार ६० रुपैयाँ खर्च भएको तमु प्ये ल्हु संघ, पर्वतका अध्यक्ष एवम् क्होइबो निर्माण संयोजक देब बहादुर टुक्ल्हेप्री तमुले जानकारी दिनुभयो ।






