पर्वत १६ चैत ः सामान्यतया एसईई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाईन्छ । तर पर्वतमा १२ वर्षिय एक छात्र बिहीवारदेखि संचालित एसईई परिक्षामा सहभागि भएका छन् ।
दक्षिण पर्वतको पैंयुँ गाउँपालिका वडा नं. ४ मा रहेको जनसेवा संस्कृत मावि केन्द्रवाट १२ वर्षिय शक्ति अधिकारीले एईई दिनुभएको हो । उहाँ सोहि गाउँपालिकाको वडा नं. ६ सरौखोला स्थित विनु माविमा अध्ययनरत विद्यार्थी रहनुभएको थियो ।
अधिकारी पर्वतवाट एसईई दिने विद्यार्थी मध्ये सवैभन्दा कम उमेरको रहेको शिक्षा विकास तथा समन्वय ईकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०७८ साल भन्दा अघि एसईई दिने पाउने उमेरको हद १५ वर्ष थियो । तर २०७८ सालमा परिवर्तन भएको शिक्षा नियमावली अनुसार एसईई दिने परिक्षार्थीको उमेर हदवन्दी हटाएपछि कम उमेका विद्यार्थीले समेत दिन पाउने पौडेलले बताउनुभयो ।
विनु मावि सरौखोलाका प्रद्यानाध्यापक खगेन्द्र तिवारीले एसईईको फारम भर्दा पनि सोहि जन्ममिति रहेकाले विद्यार्थीले सानै उमेरदेखि पढेका कारण १२ वर्षमै एसईई दिन सफल भएको बताउनुभयो । उहाँका अनुसार अधिकारीले पहिला निजि विद्यालयमा पढ्नुभएको हो । विन माध्यमिक विद्यालयमा पढ्न आउँदा उहाँ कक्षा कक्षा ८ मा भर्ना भएको बताउनुभयो । निजि विद्यालयवाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेका कारण पनि छिटो एसईई दिएको हुनसक्ने तिवारीले बताउनुभयो ।
यसैगरी सोहि विद्यालयवाट जिल्लामै सवैभन्दा बढि उमेरका अर्का परिक्षार्थीले पनि एसईई परिक्षामा सहभागि हुनुभएको छ । विद्यालयका नियमित छात्र ४० वर्षिय दुर्गाप्रसाद भुर्तेलले पनि जनसेवा संस्कृति मावि केन्द्रवाट नै परिक्षा दिनुभएको हो ।
कक्षा सात सम्म पैंयुँ गाउँपालिकाको वडा नं. ५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गर्नुभएका भुर्तेल कक्षा ८ मा भर्ना हुनका लागि विनु माध्यमिक विद्यालयमा आउनुभएको थियो । उहाँ नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिईरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताउनुभयो । कक्षा ७ सम्म अध्ययन गरेपछि विचमा छुटेर पुःन विद्यालय भर्ना भएकाले जिल्लामै सवैभन्दा बढि उमेरको विद्यार्थीमा भुर्तेल देखिनुभएको तिवारीले बताउनुभयो ।
पर्वतका १७ वटा परिक्षा केन्द्रवाट २ हजार २८ हजार परिक्षार्थीले परिक्षा दिईरहेका छन् । जस मध्ये छात्रा ९सय ८५ र छात्र ९ सय ९५ रहेको शिक्षा विकास तथा समन्वय ईकाई पर्वतले जनाएको छ । परिक्षार्थी मध्ये साधारणतर्फ एक हजार नौ सय ४० जना र आंशकितर्फका ४८ जना तथा प्रावधिकितर्फका ४० जना रहेका छन् । जिल्लाभर शान्तपुर्वक पहिलो दिनको परिक्षा सकिएको र विगतका वर्षभन्दा थप मर्यादित रहेको पाईएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताउनुभयो ।