एसईईमा ४ जीपीए ल्याउने धौलागिरिकै एक्ली पर्वतकी सफलता  - News site from Nepal
एसईईमा ४ जीपीए ल्याउने धौलागिरिकै एक्ली पर्वतकी सफलता 
पर्वत, १४ असार –  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा धौलागिरि क्षेत्रवाट एकमात्र छात्राले उच्च ग्रेड अर्थात ४ जीपीए प्राप्त गर्नुभएको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारमा रहेको नमुना आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरेकी सफलता रिमालले ४ जिपिए प्राप्त गर्नुभएको हो । विद्यालयमा अत्यन्तै मेहनती रिमाल उच्च ग्रेड प्राप्त गर्ने धौलागिरिकै एक्ली छात्रा हुनुहुन्छ ।
धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङवाट कुनैपनि विद्यार्थीले ४ जिपिए ल्याउन नसकेका हुन् ।  पर्वत बाहेका धौलागिरिका तीन जिल्लाका विद्यार्थीले ३.९९ प्रतिशत भन्दा कम जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ पर्वतले जनाएको छ ।
चार जिपिए प्राप्त गर्नुभएकी सफलताले   विज्ञान विषय लिएर कक्षा ११, १२ पढ्ने तयारी गर्नुभएको छ । भविष्यमा अब्बल चिकित्सक बन्ने उहाँको सोच रहेको छ । उहाँका दुई दाजुहरु समेत अहिले छिमेकी जिल्ला स्याङजामा चिकित्सक पेशामा कार्यरत रहनुभएको छ ।
साविक धौलागिरि अञ्चलका चार जिल्लामै आफ्नो छोरीले उच्च ग्रेड प्राप्त गरी एसईई उत्तिणर् भएपछि विद्यालय परिवार सँगै घरपरिवार समेत हर्षित बनेको छ । आफुले छोराछोरीका लागि गरेको अथक प्रयासले राम्रो नतिजा पाउँद्या हर्षित बनेको सफलताका बाबु नारायण रिमालले बताउनुभयो । उहाँले छोरीको इच्छा अनुसार  कलेजमा भर्ना गर्ने तयारीमा लागेको बताउनुभयो ।
नमुना आवासीय माविका अध्यक्ष यामप्रसाद शर्माले यस क्षेत्रमै सफलता रिमालले उच्च ग्रेड प्राप्त गरेर विद्यालयको गरिमानै बढाएको बताउनुभयो । उहाँले सफलताको पढ्ने शैली, लेखनकला, अनुशासन सवै कुरा अब्बल रहेको दावी गर्नुभयो ।  उहाँले विद्यालयवाट सहभागि ४० जना विद्यार्थी सवै उत्तिणर् भएको बताउनुभयो ।
पर्वतवाट एसईईमा सहभागि भएका विद्यार्थी मध्ये ३.६ देखि ३.९९ जिपिएसम्म एक सय १६ जनाले, ३.२ देखि ३.६ भन्दा कम ल्याउने २ सय ७५ जना छन् । २.८ देखि ३.१९ सम्म ल्याउने तीन सय ५१ जना, २.४ देखि २.८ सम्म ल्याउने दुई सय ११ जना र २ देखि २.४ सम्म ल्याउने ५ जना छन् । एनजी (ननग्रेड) तथा अब्सेन्ट (अनुपस्थित) गरी एक हजार दुई  जना छन् । प्राविधिकतर्फ १९ विद्यार्थी सहभागि भएकोमा सवै उत्तिणर् भएका छन् ।
गत चैत १७ देखि २७ सम्म भएको परीक्षामा पर्वतवाट एक हजार नौ सय ८० जना परीक्षार्थीले एसइई परीक्षा दिएका शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका निमित्त प्रमुख मोतीलाल चपाईले जानकारी दिनुभयो । पर्वतमा ४९.५ प्रतिशत विद्यार्थी उत्तिणर् भएका हुने ।
ईकाईका अनुसार पर्वतमा एक देखि दुई वटा विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या पाँच सय २८ रहेको छ भने तीन वटा भन्दा बढि विषयमा एनजी पाउने विद्यार्थीको संख्या चार सय ७४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!