पर्वतको फलामखानीमा चितुवाको आक्रमणवाट एक युवा घाईते - News site from Nepal
पर्वतको फलामखानीमा चितुवाको आक्रमणवाट एक युवा घाईते

पर्वत, १५ चैत ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा चितुवाको आक्रमणवाट एक युवा घाईते हुनुभएको छ ।

स्थानीय राम्चे गाउँमा गएराती ९ बजेको समयमा चितुवाले आक्रमण गर्दा ३० बर्षिय पोत बहादुर सुनार गम्भीर घाईते हुनुभएको हो । रातीको समयमा शौच गर्नका लागि घर वाहिर निस्कने क्रममा चितुवाले आक्रमण गरेको थियो ।

चितुवा घरमै आएको र घरको ढोकाबाट बाहिर निस्किने बित्तिकै आक्रमण गरेको सुनारले बताउनुभयो । बाघको आक्रमणबाट घाइते भएका सुनारको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको फलामखानीका वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँको अवस्था सुधारोन्मुख रहेको उहाँले बताउनुभयो । चितुवाले पोतबहादुरको नाक, मुखमा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न ठाउँमा आक्रमण गरेर घाइते बनाएको विश्वकर्माले बताउनुभयो ।

पछिल्लो समय फलामखानीमा बाघको बिगबिगी बढेको र चितुवाले दुख दिएर सताएको स्थानीयले बताएका छन् । चितुवा घरमै आएर बाख्रा, गाईभैसीका पाडा बाच्छा खाइदिने गरेको छ । नियमितजसो चितुवा बस्ती पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

अन्त्यन्तै न्यूनि आर्थिक अवस्था भएका सुनारको उपचारमा आर्थिक समस्या रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!