एमाले निकट अनेमसंघ कुश्मामा गिरी, मोदीमा क्षेत्री - News site from Nepal
एमाले निकट अनेमसंघ कुश्मामा गिरी, मोदीमा क्षेत्री

पर्वत– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ कुश्मा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सिता क्षेत्री गिरीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा लक्ष्मी पुरी, सचिवमा विमला परियार, उप–सचिवमा खिमा नेपाली, कोषाध्यक्षमा शारदा गिरी शर्मा रहनुभएको छ ।
यस अघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख वक्ता नेकपा एमाले गण्डकी प्रदेश किमिटि उपसचिब मञ्जु अधिकारीले नेकपा एमालेको समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार पार्दै मिसन ८४को सफलताको लागि सम्पुर्ण नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । व्यक्तिगत वा गुटगत स्वार्थ त्यागेर पार्टीको सामुहिक हितमा लाग्ने उहाँको आग्रह रहेको छ । उहाँले एमालेकै नेतृत्ववाट मात्रै मुलुकको समृद्धि र विकास हुने बताउँदै एमालेलाई कमजोर बनाउने छुट कुनैपनि नेता कार्यकर्तालाई नभएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी अनेमसंघकी केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज कमला पन्तले महिलाहरु आफ्‌नो हकहितका निम्ति एकजुट हुन आवश्यक रहेको बताउनुभयो । एमालेमा संगठित महिलाहरु अरुभन्दा जुझारु, सक्रिय र जस्तोसुकै जिम्मेवारीलाई पनि गहन रुपमा पुरा गर्न सक्नुपर्नेमा उहाँको जोड रहेको छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश सचिबवालय सदस्य शान्त पौडेल, हिरादेवी शर्मा, एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी, प्रदेश कमिटि सदस्य खुमप्रसाद सुवेदी, जुनादेवी नेपाली, कुश्मा नगर कमिटिका उपाध्यक्ष गणेश पौडेल लगायतले बोल्नुभएको थियो ।
अनेमसंघ कुश्माका कार्यवाहक अध्यक्ष सर्मिला तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रमिला शर्मा परिले गर्नुभएको थियो ।


यसैगरी बुधवार मोदीमा पनि अनेमसंघको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्वती क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटि गठन गरेको छ । कमिटि उपाध्यक्षमा राधिका रोका, सचिवमा लक्ष्मी बि.क, उपसचिबमा चन्द्र भुवाजी र कोषाध्यक्षमा विन्दु हमाल रहनुभएको छ ।
कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज कमला पन्त, एमाले प्रदेश कमिटि सचिबालय सदस्य तथा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, प्रदेश कमिटि सचिबालय सदस्य प्रेम पौडेल, एमाले जिल्ला उपाध्यक्ष बिमल लामिछाने, पालिका कमिटि अध्यक्ष हिमलाल पौडेल, सचिब सिताकुमारी शर्मा, नेता तेजबहादुर क्षेत्री, लोकेन्द्रजंग लामिछाने लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!