पर्वत १२ असार ः भिरवाट खसेको ढुंगा बसमा लाग्दा पर्वतमा सात जना विद्यार्थी घाईते भएका छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ मा रहेको नवजागृत माध्यमिक विद्यालयका विद्यार्थी घाईते भएका हुन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ दोविल्लादेखि विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गरेको ध १ ख ४६१ नम्वरको बसमा पोखरा-बागलुङ सडकको पराधिमा आज विहान १० बजेको समयमा भिरमाथिवाट ढुंगा खसेर लागेको थियो ।
घाईते हुनेमा कुश्मा नगरपालिका वडा नं. ११ की पुणर्िमा सुवेदी, सोहि ठाउँमा इश्वर रिमाल, दिपिका क्षेत्री, एलिना क्षेत्री, कुन्जन अधिकारी, कुशुम अधिकारी र निमिशा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनिहरुको खुट्टा, निधार, हात, लगायत शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते विद्यार्थीहरुको पर्वत अस्पतालमा उपचारपछि डिस्चार्ज भईसकेको नवजागृत माध्यमिक विद्यालयका प्रद्यानाध्यापक विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो । घाईते सवैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
मंगलवार रातीदेखि अविरल बर्षा भैरहेकाले जिल्लाका विभिन्न स्थानमा पहिरो खस्ने र सडक अवरुद्ध हुने जस्ता घटना भैरहेकाले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।






