कानुन निर्माणमा प्रतिपक्षको पनि सहयोग आवश्यक: कानुन मन्त्री गिरी - News site from Nepal

पर्वत – कानुन न्याय तथा संसदीय मामिला मन्त्री पर्वतको दक्षिणी क्षेत्रका गाउँहरुमा स्थानीयसंग भेटघाटमा ब्यस्त छन् । आइतबार मन्त्री गिरीले पैयू गाउँपालिका स्थानीयसंग भेट गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयू गाउँपालिकाका विभिन्न वडाहरुमा स्थानीयसंग भेटघाट गरेका गिरीले हुवास बजारमा आयोजीत भेटघाट कार्यक्रममा कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा राखे । उनले कानुन अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीले बताए ।

कतिपय कानुन संसोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिदो परिवेश अनुसारका कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परीरहेको समेत उल्लेख गरे ।

सदनमा पेश भएका कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको कार्यक्रममा बताए । पैयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सवै पक्षको सहयोग हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!