मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु - News site from Nepal
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु

पर्वत, ८ साउन ः गएराती देखि परेको अविरल वर्षाका कारण अबरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सिमानास्थित तमादीखोलामा आएको लेदो सहितको बाढीले विहान २ बजेखि अवरुद्ध बनेको सडक केहि बेर अघि सुचारु भएको हो । सुरक्षाकर्मी र लोकमार्गको स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो ।

ओझाका अनुसार सामान्य वर्षा हुुँदासमेत लेदो बगेर आउने समस्याले तमादीखोलामा पटक पटक सडक अवरुद्ध हुने गरेको छ । सडक सुचारु भएसँगै रातीदेखिनै अलपत्र बनेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा धौलागिरि क्षेत्रमा आएका सवारीसाधन चुवामा र यस क्षेत्रवाट बाहिरिने सवारीसाधन खरेहामा अलपत्र बनेका थिए ।
सोमवार साँझ ७ बजेदेखि शुरु भएको भारी वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्रको रेकर्डअनुसार पर्वतको कार्कीनेटामा सवैभन्दा बढि ८५ दशमलब ६ मिलिमिटर वर्षा भएको छ । अत्याधिक वर्षाका कारण जिल्लाका खोलानालामा समेत बहाब बढेको छ भने अधिकांस ग्रामीण सडकहरु समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!