होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही गर्ने पर्वत प्रशासनको चेतावनी - News site from Nepal

पर्वत – फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लावासीमा अनुरोध गरेको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गरेको छ ।
त्यस्तै बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेलगायत उच्छृङ्खलअवाञ्छित कार्यहरू प्रचलित कानूनविपरीत भएकोले नगर्न सूचनामा उल्लेख छ । यस्ता कार्य गरेको पाइए कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
प्रशासनले कसैको इच्छाविपरीत रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट सकम असुल्ने, लोला हान्ने, मादक तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अरुलाई जिस्काउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने जस्ता अवाञ्छित क्रियाकलापहरु नगर्न सूचनामार्फत सचेत गराएको छ ।‘

होलीलाई सभ्य तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन सार्वजनिक रुपमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताउनुभयो ।

चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!