पैंयुँ गाउँपालिकाद्धारा आगामी वर्षको बजेट तथा कार्यक्रमका लागि राय, सुझाव माग - News site from Nepal

पर्वत –  पर्वतको पैयुँ गाउँपालिका आगामी आ.व २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुट्न थालेको छ ।
हरेक वर्षको असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट निति तथा कार्यक्रम सार्वजनिक गरिसक्नुपर्दछ । त्यसैले पैंयु गाउँपालिकाले पालिकाको समग्र विकास र समृद्धिका लागि आगामी वर्षमा के कस्ता कार्यक्रम, नीति, योजना र बजेटका प्राथमिकता निर्धारण गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव माग गरेको छ ।
पैंयुँ गाउँपालिकाका नागरिक तथा सरोकारवालाहरुसँग आवश्यक राय सुझाव लिएर आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि स्थानीयवासीहरुले स्वःत स्फुर्त रुपमा राय, सुझाव तथा योजना टिपाउन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो ।
रायसुझाव दिनका लागि पालिकाले अनलाईन मार्फत संकलन गर्ने बिधि अपनाएको छ । पालिकाले क्यूआर कोड मार्फत वा पालिकाको इमेल ठेगाना प्रयोग गरी वा स्थानीय वासीले सम्वन्धित वडा कार्यालयमा र पालिकाको कार्यालयमा लिखित रुपमा पनि बुझाउन सक्ने रिमालले बताउनुभयो । क्यू आर कोडवाट लिंक खोलेपछि नागरिकले नीति तथा कार्यक्रम वा बजेटका सन्दर्भ, विषयगत शाखा, वा कुन वडाको लागि हो सुझाव दिन चाहेको सोहि मेनु छनौट गरी आफ्नो प्रतिकृया लेख्न सक्नेछन ।

पालिकाको अनलाईनमा रहेको क्यूआर कोडको लिंकमा राखिएको फारम भरी नीति तथा कार्यक्रम र बजेटमा सुझावको विवरण पेश गर्न सकिने र सोहि सुझावको आधारमा बजेटका प्राथमिकता उल्लेख गरिने उहाँले बताउनुभयो । गाउँपालिकाले बनाउने नीति तथा कार्यक्रम मार्फत सबैको आवाज समेट्न सकियोस भनेर यो विधि अपनाइएको रिमालले बताउनुभयो । गाउँपालिकाको विकासका लागि स्वदेश तथा विदेश जहाँकहिँवाट पनि उक्त लिंकमार्फत सुझाव दिन सकिने भएको छ ।
राय, सुझाव, वा योजनाको नाम बुझाउनका लागि तलको लिंकमार्फत क्यूआर कोडवाट बुझाउन सकिने छ ।

Google form link :

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!