रामचन्द्र भुसाल
फलेवास – पर्वतको फलेवासमा इंग्लिस क्वीज प्रतियोगिता हुने भएको छ । फलेवास नगरपालिकाको आयोजना र अंग्रेजी विषय समिति फलेवासको व्यवस्थापन तथा नेल्टा पर्वत शाखाको समन्वयमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा नगर पालिका भित्रका आधारभुत तथा माध्यमिक तहका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन पाउने सुचना मार्फत जानकारी गराईएको छ ।
कार्यक्रम यहि फल्गुण ११ गते शुत्रबार भवानी विद्यापिठ माध्यमिक विद्यालयको प्रांगणमा विहान ११ बजेदेखि सञ्चालन हुने बताईएको छ । कार्यक्रममा कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन पाउने छन् भने एक समुहमा एक छात्रा अनिवार्य सहित बढिमा ४ जना लाई सहभागि गराईने बताईएको छ ।
क्वीजमा सोधिने प्रश्नहरु कक्षा ६ देखि ७ सम्मको अनिवार्य अंग्रेजी विषयको पाठ्यक्रमबाट सोधिने उल्लेख गरीएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, सान्तवना हुने समुहलाई क्रमश नगद रु ७ हजार, ५ हजार, ३ हजार, २हजार र प्रमाणपत्र प्रदान गरीने समिति सदस्य लक्ष्मी नारायण शर्माले जानकारी गराउनुभएको छ ।






