महाशिलामा फलफुल खेती विस्तार अभियान, साढे एघार हजार विरुवा वितरण - News site from Nepal

पर्वत – बन्यजन्तुवाट हुने क्षतिलाई न्यूनिकरण गर्दै सिंगो गाउँपालिकालाई फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यले पर्वतको महाशिला गाउँपालिकाले ठुलो संख्यामा फलफुलका विरुवा वितरण गरेको छ ।

कृषकहरुलाई व्यावसायिक रुपमा फलफुल खेतीतर्फ आकर्षित गर्न यस वर्ष झण्डै साढे ११ हजार विरुवा वितरण गरिएको हो । पालिकाको भौगोलिक अवस्था र कृषकहरुको मागका आधारमा पर्याप्त मात्रामा विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले जानकारी दिनुभयो ।

अध्यक्ष भुसालका अनुसार किसानलाई सुन्तला, कागती, टिमुर, कफि, एभोगाडो मेकाडामियानट लगायतका फुलफुलका विरुवा वितरण गरिएको हो । अहिले वितरण गरिएका विरुवावाट कृषकहरुले दुई देखि तीन वर्षमा आम्दानी गर्न सक्ने भएका छन् । पालिकाका फलफुल तथा काष्ठफल विस्तार योजना अन्तर्गत ५० प्रतिशत अनुदानमा विरुवा उपलव्ध गराईएको हो ।

गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितातका अनुसार पालिकाका ६ वटै वडाका किसानलाई मागका आधारमा विरुवा उपलव्ध गराईएको हो । धिततालले कागती चार हजार दुई सय, सुन्तला तीन हजार तीन सय, टिमुर दुई हजार पाँच सय, कफि आठ सय विरुवा वितरण गरिएको छ । त्यसैगरी तीन तीन सयका दरले एभोगाडो र मेकाडामियानट वितरण गरिएएको छ ।

बाँदर आतंकका कारण खेतवारी बाँझो रहने क्रम बढेपछि बन्यजन्तुका क्षतिवाट बच्ने खालका एभोगाडो र मेकाडामियानट जस्ता फलफुलका विरुवा पनि पालिकामा भित्र्याईएको हो । गत वर्षदेखि पालिकामा दाँते ओखको पनि व्यावसायिक खेती थालिएको कृषि शाखा प्रमुख धितालले जानकारी दिनुभयो । हरेक कृषकले सुन्तला १५ देखि २०, कागती २५, एभोगाडो ६,मेकाडामियानट १५, टिमुर ५० र कफि एक सय १० वटाका दरले वितरण गरिएको धितालले बताउनुभयो ।

परम्परागत कृषिवालीमा आश्रित यहाँका कृषकहरुलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको छ । घरको आँगन, बारी र खाली जमिनमा बिरुवा लगाई किसानलाई व्यवसायिक र फलफुलमा आत्मनिर्भर गराउन बिरुवा वितरण कार्यक्रम प्रभावकारी हुने पालिकाको अपेक्षा छ । धान, मकै, आलु जस्ता वालीमा बाँदरले ठुलो नोक्सानी पुर्‍याउन थालेपछि खेतवारी बाँझै राखेका कृषकलाई फलफुल विस्तार अभियानले उत्साहित बनाएको छ ।

पालिकाले उपलब्ध गराएका विरुवा कृषकले लगाएर छाड्ने मात्र नभई स्वरोजगारमुलक ढंगवाट लगाउन आग्रह गरिएको छ । यसको उचित संरक्षण र रेखदेख गर्न सके गाउँमै पर्याप्त आम्ददानी गर्न सकिने भएकाले पनि फलफुलका विरुवाहरुको उचित संरक्षण गर्न पालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!