मोदीका विपन्न, एकल र द्वन्द्वपिडित महिलाको जिविकोपार्जनका लागि बाख्रा वितरण - News site from Nepal

पर्वत, ४ असार ः पर्वतको मोदी गाउँपालिकाका विपन्न तथा एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

आर्थिक रुपमा विपन्न, एकल महिला, अपाङ्गता भएका, द्वन्द्व पिडीत परिवारलाई आय आर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत बाख्रा वितरण गरिएको हो । पालिका भित्र बसोवास गर्ने ४८ जना आर्थिक रूपमा विपन्न, एकल महिला, अपाङ्गता भएका महिला द्वन्द्व पिडीत परिवारलाई निःशुल्क रुपमा एक बाख्रा वितरण गरिएको हो ।

मोदी गाउपालिकाका अध्यक्ष हिरा देवी शर्माका अनुसार सवै परिवारलाई एक/एक वटाका दरले बाख्रा वितरण गरिएको हो । उहाँले भन्नुभयो -‘यसबाट महिलाहरुलाई आय आर्जनमा टेवा पुग्ने विश्वास लिएका छौ ।’

पालिकाले वितरण गरेका बाख्राबाट जन्मिएका पाठापाठी वडा कार्यालयले खरिद गर्ने भएको छ । ती बाख्राका पाठापाठीहरू अर्को विपन्न परिवारलाई वितरण गर्ने योजना समेत बनाईएको अध्यक्ष शर्माले बताउनुभाये । यो प्रकृया निरन्तर चलिरहने र यसले पालिकाभित्रका अति विपन्न परिवारको आयआर्जनमा टेवा पुग्ने अपेक्षा पालिकाको छ ।

मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले बाख्रापालनमा निर्वाहमुखी भन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो । आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिला तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको र बाख्रा पालन व्यावसायलाई स्वरोजगारमुखि रुपमा अपनाउन पनि उहाँले सुझाव दिनुभयो । उपाध्यक्ष लामिछानेले ब्यवासायिक रुपमा पशुपालन गर्ने कृषकहरुलाई पालिकाले विभिन्न अनुदानहरु समेत वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

बाख्रा वितरणका लागि चालु आर्थिक वर्षमा रु. पाँच लाख रुपैया बिनीयोजन गरिएको थियो । यस कार्यक्रमको प्रभावकारिता र यसले महिलाहरुको जीवनस्तरमा सुधार हुने देखिएमा आगामी वर्षदेखि थप गर्दै लैजाने पालिकाले जनाएको छ । मोदी गाउँपालिकाका देउराली, भुकताङ्ले, क्याङ, राम्जादेउराली, चित्रे लगायतका स्थानमा चरन क्षेत्र प्रसस्त रहेकाले व्यावासायिक बाख्रापालनको सम्भावना राम्रो रहेको अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!