पर्वत, ४ असार ः दक्षिण पर्वतको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमवार सम्पन्न गाउँपालिकाको १५ औँ गाउँसभाले रु.४६ करोड ४७ लाख ९३ हजारर बराबरको बजेट तथा योजना सार्वजनिक गरेको हो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले स्थानीय तहको बजेट सम्बन्धित नगर तथा गाउँ सभामा हरेक वर्षको असार १० भित्र पेश गर्नुपर्ने व्यवस्था अनुरुप विहादीले जिल्लामै पहिलोपटक बजेट, नीति तथा कायृक्रम सार्वजनिक गरेको हो ।
गाउँसभामा विहादी गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले प्रस्तुत गरेको बजेटमध्ये चालुखर्च तर्फ ७१.३८ प्रतिशत अर्थात रु.३३ करोड १७ लाख ८८ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जसमध्ये कार्यालय संचालन तथा प्रशासनिक तर्फको चालु खर्चमा रु. ११ करोड, ३८ लाख १९ हजार, सशर्त अनुदानको चालु खर्च रु.२१ करोड ३९ लाख ६९ हजार र विपद् व्यवस्थापन तथा राहत कोषमा रु.१५ लाख बिनियोजन गरिएको छ । त्यस्तै प्रदेश सशर्त अनुदानको चालु खर्चतर्फ रु.४० लाख रुपैया बिनियोजन गरेको छ ।
पुँजीगत तर्फ २८.६३ अर्थात रु.१३ करोड ३० लाख ५ हजार तीन सय ३४ रुपैयाँ विनियोजन भएको छ । जसमा संघीय सरकार सशर्त अनुदान तर्फ रु.२ करोड ८ लाख, पालिकास्तरिय आयोजना र वडागत आयोजना तर्फ रु.४ करोड ११ लाख ६८ हजार रुपैया, संघीय सरकारबाट समपुरक अनुदान तर्फ रु.२ करोड, संघीय सरकारबाट प्राप्त विशेष अनुदान तर्फ रु.एक करोड ५० लाख, प्रदेश समपुरक अनुदान रु.६० लाख र समपुरक कोषमा रु.३ करोड बिनियोजन गरेको जनाएइको छ ।
विषयगत कार्यालय मार्फत पशु विकास शाखालाई रु. २८ लाख, कृषि विकास शाखालाई रु.६६ लाख, सामजिक सुरक्षा तथा पञ्जिकरण इकाईलाई रु.११ लाख, महिला दलित बालबालिका तथा जेष्ठ नागरिक शाखा तर्फ रु.२२ लाख ५०, रोजगार सेवा केन्द्र रु.६ लाख, शिक्षा युवा तथा खेलकुद विकास शाखालाई रु.एक करोड ५१ लाख ६९ हजार, स्वास्थ्य शाखालाई रु.५५ लाख, न्यायिक समितिलाई रु. ५ लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष तिवारीले बताईन ।
गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
विहादी गाउँपालिकाले समुन्नत बिहादी, सम्मानित बिहादीबासी भन्ने दिर्घकालीन सोचको लक्ष हाँसिल गर्न उत्पादनशिल, शिक्षित, मर्यादित रोजगारीको अवसर प्राप्त गरि प्रयाप्त आयआर्जन गर्ने उद्देश्य अगाडि सारेको छ । गाउँपालिकाले ‘एक घर एक करेसावारी, एक घर एक टनेल कार्यक्रम, स्थानीय सरकारको साझेदारी, बाँझो रहन्न खेतवारी, कृषि तथ्याङक संकलन गर्ने तथा नियमित अवाधिक गर्न जि.आइ एस र रिमोट सेन्सिङ्ग प्रविधि ल्याउने, एक वडा एक आइ.पि.एम कार्यक्रम संचालन गरी उद्यमी तयार गर्ने, एक वडा एक चिस्यान केन्द्रको अवधारणा अघि बढाएको छ ।
त्यसैगरी उन्नत जातका गाई र भैंसी खरिदमा अनुदान दिई पालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने, कृषि एम्बुलेन्स खरिद गर्ने, पालिकाले तरकारी लगायत अन्य वस्तु खरिद गरी बजार पठाउने, एक वडा एक कृषि तथा पशुपंक्षी फर्म कार्यक्रमका साथै उत्पादन लाई प्रोत्साहन गरिने, असल कृषि तथा पशु अभ्यास कार्यक्रम, उत्पादन तथा काममा आधारीत अनुदान वितरण गर्ने, पशुको पुणर् खोप कार्यक्रम विस्तार गर्ने, बेरोजगारहरुलाई कार्यस्थलमा आधारित सिप विकास तालिम संचालन गर्ने योजना समेत अघि सारेको छ ।
श्रमिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम संचालन गर्ने, गुनासो सुनुवाई कार्यक्रम आयोजना गर्ने, श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम संचालन गर्ने, ‘एक घर एक युवा स्वरोजगार ग्रामिण स्वाबलम्वन’ कार्यक्रम गर्ने, एक वडा एक होमस्टे को अवधारण सम्पन्न गरिने भएको छ । पर्यटनतर्फ विहादी -५ लुरिङको प्यालाग्लाईडिङ क्षेत्रको विकासको लागि पहल गरिने, सेतिवेनी गोर्लेङधाम केबुलकारको सम्भाब्यता अध्ययन गरिने, जनप्रतिनिधिको उपस्थितिमा फ्राइडे फर फ्युचर कार्यक्रम गरी विद्यार्थीको प्रतिभालाई प्रोत्साहित गरिने, एकीकृत विवरण संकलन गर्न डिजिटल भिलेज प्रोफाइल तयार गरिने भएको छ ।
त्यसैगरी एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्ने, उपाध्यक्षसँग महिला उद्यमी उत्थान कार्यक्रम संचालन गर्ने, कृषि भुमिमा पानी सिँचाईमा लगानी, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै जिणर् खानेपानी आयोजनाको संरक्षण र मर्मत गर्ने, एक टोल एक चौतारी अभियान संचालन गर्ने, उज्यालो सडक र बस्ती कार्यक्रमका लागि पहल गर्ने, विहादीमा अध्यक्ष कप खेलकुद महोत्सवको आयोजना गरीने तथा जेष्ठ नागरीक सम्मान र अशक्त सहायता जस्ता कार्यक्रम संचालन गर्ने योजना ल्याएको हो ।






