पर्वत- पर्वतको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमवार सम्पन्न १५ औँ गाउँसभामा पालिकाका उपाध्यक्ष मिना तिवारीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष परवीन गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
विहादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि रु.४६ करोड ४७ लाख ९३ हजार ९९९ रुपैया बिनीयोजन गरिएको छ ।
जस मध्ये चालु खर्चमा ७१ दशमलब ३८ प्रतिशत बिनीयोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २८ दशमलब ६३ प्रतिशत बिनीयोजन गरिएको छ ।
बजेट मध्ये संघीय सरकार विशेष अनुदान १ करोड ५० लाख, गण्डकी प्रदेश वित्तिय समानीकरण अनुदान ८९ लाख ६ हजार, राजश्व वाँडफाँड ३२ लाख ८२ हजार, गण्डकी प्रदेश शसर्त अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख र आन्तरीक आय २२ लाख ५० हजार तथा कालीगण्डकी जलविद्यतु रोयल्टी ७१ लाख १६ हजार आम्दानी हुने अपेक्षा गरिएको छ । पालिकाको अल्या रकम रु.तीन करोड रहने अनुमान गरिएको छ ।
पालिकाको चालु खर्च ३३ लाख रुपैया रहेको छ भने बाँकी पुँजीगत रहेको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो । बजेटमा पुर्वाधार, प्राकृतिक प्रकोप, गुणस्तरीय शिक्षा, सामाजिक विकास, खेलकुद, स्वास्थ्य, कृषि लगायतलाई जोड दिईएको छ ।






