दक्षिण कोरियामा सलनालको अवसरमा नाईट डान्स पार्टी हुँदै, भण्डारीको विशेष प्रस्तुती रहने - News site from Nepal

कमला केसी/दक्षिण कोरिया
नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा आगामी कोरियन नयाँ वर्ष सलनालको अवसरमा दक्षिण कोरियामा नाइट डान्स पार्टी हुने भएको छ ।

खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ आगामी फेब्रुअरी ९ तारिकमा नाइट डान्स पार्टी हुने भएको हो । उक्त पार्टीमा हालको युवापुस्ताको लोकप्रिय र्यापर जी बब सुदिप भण्डारीको विशेष प्रस्तुती रहने भएको छ ।
राष्ट्रका लागि खेल्ने तथा प्रवासी भूमीमा खेलाडीहरु लाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको निम्ती कोरियामा पहिलो चोटी नेपाली खेलाडी संघ दक्षिण कोरियाले खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो ।
डान्स पार्टीमा एएनटिएफ र्‍याप ब्याटल बाट हाइपमा आएका मिलेन तेरो लेभल, बाउ बोला ए, भागभाग लगायत फ्रि स्टाइलको र्‍याप ब्याटलमा चर्चित र्‍यापर सुदिप भण्डारीको साथमा कोरियामा रहेको स्थानीय र्‍यापर रुबिन, डिजे बिट(मनोज) को प्रस्तुति रहने सलनाल डान्स पार्टीको कार्यक्रम सन्चालन होस्ट हारा र पासाङ शेर्पा (स्प्रिङ) ले गर्ने छन्।

नेपाली खेलाडी संघ कोरियाको आयोजनामा हुने पहिलो “सलनाल डान्स पार्टी”कार्यक्रम पनि भएको हुनाले कोरियामा रहनुहुने खेल- खेलाडी प्रेमी तथा सम्पूणर् कोरियाबासी नेपालीहरु उपस्थित भई मनोरञ्जन लिई सहयोग गरिदिनु हुन आयोजकले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!