पर्वतको चुवामा वडा कार्यालयको भवन निर्माण शुरु - News site from Nepal
पर्वतको चुवामा वडा कार्यालयको भवन निर्माण शुरु

पर्वत ३१ साउन ः पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यलयको भवन निर्माण शुरु भएको छ ।
सघन सहरी कार्यलय वागलुङद्धरा निर्माण गर्न थालिएको भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले एकसमारोह बीच शिलन्यास गर्नुभएको छ ।

रु. एक करोड ४० लाखमा बन्न लागको भवनमा सातवटा कार्यकक्ष सहित एक सभाहल समेत हुने छ । भवनको शिलन्यास गर्दै नगरप्रमुख जोशीले सघन शहरी कार्यालयसँग सहकार्य गरेर चालु आर्थिक वर्षमा नगरका दुई वडा कार्यलयका भवन, एक व्यावसायिक भवन र नौ किलोमिटर सडक कालोपत्रे गरीने गरी सम्झौता भएको जानकारी दिनुभयो ।

पुरानो भवन भुकम्पले जिणर् बनाएकोमा नयाँ भवन निर्माण हुने भएपछि सेवा प्रवाहमा सहज हुने भएको छ । वडा सचिव राधा शर्माले पुरानो गाविस कार्यलय जिणर् भएको हुँदा नगरबासीलाई सेवा दिन समस्या हुँदै आएकोमा भवन नयाँ बन्ने भएपछि सजिलो हुने बताउनुभयो ।

कुश्मा नगरपालिका वडा नं. ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसीले पुरानो जीणर् भवनवाट सेवा प्रवाहमा समस्या आउने गरेको भन्दै नयाँ भवनपछि नागरिकलाई दैनिक सेवा प्रवाहका साथै सभा सम्मेलन, गोष्ठि तथा सामाजिक कार्यक्रमहरु गर्नका लागि पनि सहज हुने बताउनुभयो ।

चालु आर्थिक वर्षमा कुल ४९ करोड बजेट मार्फत कुश्माका वडा न ८ को वडा कार्यालयको भवन र वडा नं. १ पाङको पनि वडा कार्यालय भवन निर्माण गर्न थालिएको हो । योसँगै नगरपालिको कुश्मा नगर पालिका ५ वडागाउँमा व्यवसायिक भवन र नगरका १४ वटै वडामा गरी चालु वर्षमा नौ किलोमिटर सडक कालोपत्र हुने नगरप्रमुख जोशीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!