पर्वत- पर्वतको पैयूँमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र पैयूँ गाउँपालिका वडा नम्बर ६ को समन्वयनमा पैयूँ ६ मा जनप्रतिनिधि, बाल क्लब, विद्यालयका प्राध्यापक, विद्यार्थी, टोल विकास संस्था र राजनीतिक दलका प्रतिनिधिहरुलाई बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बाल सहभागिता र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका साथै अन्य बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा मूलप्रवाहीकरण र समावेशीकरणका विषयबारे प्रस्तुति सामजिक विकास कार्यालय पर्वतका प्रमुख टंक प्रसाद ढकाल र भवानी शर्माले गर्नु भएको थियो ।
कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी राना, पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव रिमाल, वडा नम्बर ६ का वडा अध्यक्ष गंगाधर अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष तोयानाथ शर्मा लगायतले बालमैत्री स्थानीय शासन बाल सहभागितासहित बालबालिकाको अधिकार प्रभावकारी र दीर्घकालीन रुपमा स्थापित गर्ने बताउनु भयो ।
साथै ६ नम्बर वडालाई २०८२ साल फागुन भित्र बालमैत्री वडा घोषणा गर्ने साझा प्रतिबद्धता गरिएको वडा अध्यक्ष गंगाधर अधिकारीले बताउनु भयो ।






