पर्वतको भोक्सिङमा गोठमा आगालागी हुँदा ८ वटा वाख्रा मरे - News site from Nepal
पर्वतको भोक्सिङमा गोठमा आगालागी हुँदा ८ वटा वाख्रा मरे

पर्वत –  पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ्गमा कुँडो पकाउन सल्काएको आगो फैलिएर गोठमा आगालागी हुँदा ८ वटा बाख्रा मरेका छन् ।

स्थानीय देउ बहादुर क्षेत्रीको गोठमा पालिएका ८ वटा बाख्रा मरेका हुन् । पाँच वटा भर्खरै व्याएका हुन् भने अन्य तीनवटा ब्याउने बेलाका हुन् । माउ वाख्रा सँगै पाठापाठी समेत जलेको पिडित क्षेत्रीले बताउनुभयो ।

शुक्रबार राती कुडो पकाउने चुलोमा आगो ननिभेको र उक्त आगो गोठमा फैलिएपछि धुवाँले निसास्सिएर ८ वटा बाख्रा मरेको तथा गोठसँगै खोर जलेर नस्ट भएको छ । बाख्रा र गोठ जलेर नष्ट भएपछि रु.३ लाख भन्दा बढी नोक्सानी भएको उहाँले बताउनुभयो ।

आफुले जिविकोपार्जनका लागि पालेका बाख्रा आगोमा परेरे मरेपछि ठूलो नोक्सानी व्यहोर्नुपरेको गुनासो गर्दै पिडित क्षेत्रीले सम्बन्धित निकायसँग सहयोगको अपिल गर्नुभएको छ । घटनाको बारेमा गाउँपालिकालाई जानकारी गराएको र पालिका अध्यक्षले सहयोगको आश्वासन दिनुभएको क्षेत्रीले बताउनुभयो ।

महाशिला गाउँपालिकाका अध्यक्ष अध्यक्ष इश्वरी प्रसाद भुसालले पिडितको क्षतिको अवस्था हेरेर आवश्यक सहयोग गर्ने बताउनुभयो । आगालागी घटनामा भएको नोक्सानीबारे प्रहरी मुचुल्का र वडाको सिफारिस लिएर पालिकामा आउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!