अबरुद्ध पोखरा-बागलुङ सडक एकतर्फि सुचारु - News site from Nepal
अबरुद्ध पोखरा-बागलुङ सडक एकतर्फि सुचारु

पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा अबरुद्ध वनेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सडक एकतर्फी सुचारु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा र नयाँपुल गरी दुई ठाउँमा गएको पहिरो पन्छाएपछि केहिबेर अघिवाट एकतर्फि सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । ससह्रधारमा पुणर् रुपमा सडक सुचारु भएपनि नयाँपुलमा भने दुईतर्फीनै सुचारु गर्न केहि दिन लाग्ने प्रहीले जनाएको छ । यहाँ ठुलो पहिरो र ढुंगाहरु खसेका छन् ।

विहान तीन बजेदेखि अवरुद्ध भएको सडक १२ घण्टापछि एकतर्फी सुचारु भएपछि दिनभर अलपत्र बनेका लामो तथा छोटो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक पुणर् रुपमा खुलाउनका लागि स्काभेटरले काम गरिरहेको ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो । सोहि पहिरोका कारण नजिकै रहेको कालीगण्डकी रिभर विच रेष्टुरेण्ट पनि पहिरोले पुरिएको छ । पहिरोले रेष्टुरेण्ट पुणर् रुपमा क्षति पुगेको छ ।

गएराती परेको भारी वर्षाका कारण पर्वतका आधार्दन भन्दा बढि स्थानमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । अहिले सवैतर्फ सुचारु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक पनि एकतर्फि सुचारु भएको छ । सडक खण्ड अन्तर्गत तीन ठाउँमा गएको पहिरो पन्छाएपछि केहिवेर अघिदेखि एकतर्फि सुचारु भएको र दुईतर्फिनै खुलाउनका लागि स्काभेटर र सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मालढुंगादेखि बेनी सम्मको १३ किलोमिटर दुरी मध्ये कुश्मा नगरपालिका वडा नं. १ मालढुंगाा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसको थियो भने दमुवाखोलामा लेदो सहितको बाढी र जलजला गाउँपलिका वडा नं. ८ स्थित फनफनेमा माथिवाट ठुलो पहिरो झरेका कारण सडक अवरुद्ध बनेको बनेको थियो । गएराती १२ बजेदेखिनै सडक अवरुद्ध बनेको मा अहिले एकतर्फि सुचारु भएपछि अलपत्र बनेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

भारी वर्षापछिको बाढीपहिरोका कारण जिल्लाका अधिकांस ग्रामीण सडकहरु पनि अवरुद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!