
पर्वत, २७ असार ः निरन्तरको वर्षाका कारण बस्तीभन्दा माथिको पहाडवाट खसेको पहिरोले पर्वतको मोदी गाउँपालिकामा ६ घर पुरिएका छन् ।
मोदी गाउँपालिका वडा नंं. २ देउपुरको जरुवामा रहेका ६ घर पुरिएका हुन् । भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पुणर् रुपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधवार दिउँसोदेखि नै पहिरो झर्न थालेका कारण मानिसहरुभने बस्ती छाडेर अन्यत्र बस्न थालेकाले मानविय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो ।
उहाँका अनुसार नबराज विक, इन्द्र विक, सिता परियार, सुमिज विक, जमुना परियार, शान्ता विक, शोविता विक र पार्वती विकको घर पहिरोले पुरिएको हो । केहि परिवारले पहिलेनै घरका सामाग्री अन्य सारेका कारण क्षति कम भएपनि अधिकांस परिवारका सामान तथा खाद्यान्न पुरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी कुश्मा नगरपालिका वडां. ११ पकुवाको छापामा पनि एक घर पुरिएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ नयाँपुल र सहस्रधारामा भिरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो । सहस्रधारामा दुई ठाउँमा पहिरो खसेको र उक्त पहिरो तत्काल पन्छाउन सक्ने अवस्था नरहेको प्रहरी निरिक्षक बरामले बताउनुभयो ।
सोहि पहिरोले राजमार्गको तल्लो भागमा संचालित कालीगण्डकी विच रेष्टरेष्ट समेत पुरिएको छ । रेष्टुरेण्ट पुरिदा लाखौको नोक्सानी भएको संचालक होम पुनले जानकारी दिनुभएको छ ।