पर्वतमा संचालित किशोर-किशोरी मैत्री स्वास्थ्य सेवाको समिक्षा गरिँदै - News site from Nepal

पर्वत ः पर्वतमा किशोर-किशोरी मैत्री स्वास्थ्य सेवाको समिक्षा गर्न थालिएको छ ।
विगत दुई वर्ष देखी जिल्लाका सातवटै पालिकका विभिन्न स्वास्थ्य संस्थावाट सेवा प्रदान गर्ने गरि कार्यक्रम अघि वढिरहेको सन्दर्भमा यसको महत्व र प्रभावकारीतावारे समिक्षा गर्न थालिएको हो । दुई दिन सम्म संचालन हुने अभिमूखिकरणमा जिल्लाका सातवटै पालिकाका स्वास्थ्य संयोजकले आ-आफ्ना पालिकामा संचालित सेवाको बारेमा प्रस्तुती राख्नुहुने भएको छ ।
पछिल्लो समय किशोर-किशोरीहरुमा मानसिक समस्या, लागुऔषध दुव्र्यशनि, सडक दुर्घटना, आत्महत्याको समस्याहरु वढ्दै जाँदा समाजमा विभिन्न घटनाहरु घट्दै गएका छन् । स्वास्थ्य संस्थाहरु र विद्यालयको विच आवश्यक समन्वय र सहकार्य नहुँदा पनि किशोर-किशोरीहरुमा यस्ता समस्याहरु वढ्दै गएको देखिन्छ ।
उचित समयमा परामर्श भएमा खतरावाट मुक्त हुन सक्ने परामर्शताहरुको भनाइ रहेको छ । पर्वतमा हाल १० देखी १९ वर्ष सम्मका करिव २२ हजार किशोर-किशोरीहरु रहेको तथ्यांक छ । त्यसैगरी पर्वत अस्पतालको तथ्यांक अनुसार २० वर्ष मुनिका किशोरीहरुले गर्भपतन सेवा लिएका छन् । किशोरीहरुलाई घरपरिवार वाट समय मानै उचित परामर्श सेवा दिन सकेमा पनि केही समस्याहरु घट्न सक्ने स्वास्थ्य कार्यालयको भनाई रहेको छ ।
भोलीसम्म संचालन हुने कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माको अध्यक्षतामा संचालन भैरहेको छ । कार्यक्रममा पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले किशोर किशोरीमत्रै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा स्वागत तथा संचालन परिवार नियोजन सुपरभाईजर निरिक्षक नारायाणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पहिलोदिन कार्यक्रममको अवस्था, जिल्लाको समग्र प्रस्तुती, विहदी, पैंयुँ पर्वत अस्पताल र महाशिलाको कार्यक्रमको अवस्थाबारे प्रस्तुती राखिएको थियो भने बुधवार फलेवास, कुश्मा, जलजला, र मोदीको प्रस्तुती सँगै जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकको प्रमुख आतिथ्यतामा ठोस कार्ययोजना निर्माण सहित समापन गरिने भएको छ ।
—

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!