पर्वत-नेपाल उद्योग तथा व्यवसायी महासंघ, पर्वतको प्रथम जिल्ल अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले हरिओम शर्मा लामिछानेको अध्यक्षतमा ३७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्म चयन गरेको छ । समितिको उपाध्यक्ष नारायण पौडेल र राजेन्द्र श्रेष्ठ, सचिवमा राजु पौडेल, सहसचिव ढाकाराम सापकोटा तथा कोषाध्यक्ष संगिता ज्ञावली र सहकोषाध्यक्षमा प्रमिला शर्मा रहनुभएको छ ।
समितिका सदस्यहरुमा कृष्णप्रसाद शर्मा, वेदप्रसाद तिमिल्सिना (मोदी) हिरा केसी (जलजला) रामबहादुर सुनार (महाशिला) , अमृत आचार्य (पैंयुँ) विष्णु पौडेल (विहादी) र नारायण बहादुर कुँवर (फलेवास) तथा कृष्णप्रसाद श्रेष्ठ, ज्ञानेन्द्र जोशी, दिपक गदाल, रामहरी भट्टटराई, लक्ष्मी क्षेत्री, नारायण शर्मा, सविता विश्वकर्मा, सुरज कुमार श्रेष्ठ, अनुप श्रेष्ठ, विक्रम जिसी, मन्जु पोखरेल, गणेश पौडेल, शेरबहादुर चोचांगी, कमल जिसी, रमेश शर्मा लामिछाने, रेनु पुन, ब्रमिला कुँवर, मीनप्रसाद शर्मा, हरीचन्द्र अधिकारी, एकबहादु हमाल, ज्ञानु कुँवर, विरवहादुर क्षेत्री, राजन पौडेल र बेदनाथ आचार्य रहनुभएको छ । आवश्यकताका आधारमा थप सदस्य थप गर्दै जाने समितिले जनाएको छ ।
यस अघि आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल, नेपाल उद्योग तथा व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जव बहादुर कोईराला, एमाले प्रदेश कमिटि, जिल्ला कमिटिका विभिन्न नेताहरुले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन सचिब राजु पौडेलले गर्नुभएको थियो ।






