पर्वतका भूकम्पविद् डा. सुवेदीलाई ’द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार - News site from Nepal

पर्वत –  नेपाली वैज्ञानिक डा शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा ’जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका छन्। पर्वतको जलजला गाउँपालिका-६ सालिजा निवासी सुबेदीलाई बुधबार लन्डनमा आयोजना गरिएको एक समारोहमा उक्त अवार्ड घोषणा तथा प्रदान गरिएको थियो।

भूकम्पविद्का रुपमा नेपालमा काम गरिरहेका उनलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्व तयारीको लागि अभियान चलाएवापत यो अवार्ड प्रदान गरिएको हो। डा सुवेदीले नेपालमा भूकम्पबाट हुन सक्ने जोखिम कम गर्नको लागी भूकम्प शिक्षामार्फत उल्लेख्य काम गरिसकेका छन् । यो बर्षको अवार्डमा मनोनयमा छनोट भएका आठ जना बैज्ञानिकमध्ये विकाशोन्मुख मुलुकबाट मनोनयनमा पर्ने शिव एक्ला बैज्ञानिक थिए ।

हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड जोन म्याडक्सका नाममा प्रदान गरिन्छ। विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिको लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ। भनिएको छ, ’यो पुरस्कार तिनीहरुले पाउँछन्, जसले चुनौती र जोखिमका बाबजुद पनि सार्वजनिक बहश गर्छन्।

आफ्नो अनुसन्धान, बहश र विचारका माध्यमबाट नीति परिवर्तन गर्न सफल हुन्छ।’डा सुवेदीले नेपालको भूकम्पमा अनुसन्धान, सचेतना तथा पुर्वतयारीका साथै सरकारले त्यसका लागि उपयुक्त नीति लिएर तयारी गर्नुपर्ने कुरामा निरन्तर आवाज उठाइरहेका छन्। डा. सुबेदीले म्याग्दी, पर्वत र बागलुङ सहित देशभरका ३३ विद्यालयमा भूकम्प पूर्वसूचनाको उपकरण जडान सहित शिक्षा समेत दिएका थिए ।

डा सुवेदी नेपालका चर्चित गीतकार तथा संगीतकार पनि हुन्, उनले लेखेका घामजस्तो चम्किलो हुन हुदैन, भुमरीमा परे भने म, किन यस्तो हुन्छ, भुल्ने भयो धौ, बाँचेको छु धन्न, नरोउ है आमालगायतका दर्जनौ गीतहरु लोकप्रिय छन्। हाल नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविदको रुपमा कार्यरत सुवेदीले संगीत र बिज्ञानमा दुवै क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!