लायन्स क्लवद्धारा कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न - News site from Nepal
लायन्स क्लवद्धारा कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गुप्तेश्वर, मोदी, भुमेकोट र सारथी गरी चारवटा क्लवको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।
पछिल्लो समय जिल्ला अस्पतालमा बढ्दै गएको रगतको मागलाई मध्यनजर गर्दै जिल्लामा क्रियाशिल चारवटा क्लवको संयुक्त प्रयासमा रक्तदान कार्यक्रम गरिएको लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष धनराज वि पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा तीस पिन्ट रगत संकलन भएको थियो । सुरक्षाकर्मी, लायन्स कर्मी तथा अन्य व्यक्तिहरुले स्वतः स्फुर्त रुपमा रगत दान गर्नुभएको अध्यक्ष पौडेलले बताउनुभयो । यस अघि आयोजित कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले सामाजिक क्षेत्रमा लायन्स क्लवले पुर्‍याएको योगदानको उच्च प्रसंसा गर्नुभएको छ । रगतको अभावमा कोहिपनि नागरिकले ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम राख्न महत्वपुणर् विषय भएको बताउँदै उहाँले मानविय सेवाका लागि लायन्स क्लवसँग आवश्यक सहकार्य गर्न कुश्मा नगरपालिका पनि तयार रहेको बताउनुभयो ।


लायन्स क्लव अफ पर्वत गुप्तेश्वरका अध्यक्ष धनराज बि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत लाइन्स क्लव अफ गुप्तेश्वर मोदीका अध्यक्ष रुचिला सापकोटा र संचालन देवेन्द्र पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा लायन्स क्लवका डिस्ट्रिक्ट कोअर्डिनेटर अर्जुन पौडेल निर्जन, पर्वत अस्पतालका अध्यक्ष शंकर गिरी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेल, नेपाल रेडक्रस सोसाईटीका सभापति रुद्र रिमाल लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!