कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुको शक्ति र साहस विषयक सेमिनार आयोजना गरिएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियन नागरिकसँग बिवाह गरेर आएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि सेमिनार आयोजना गरेको हो । “कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस “ बिषयक सेमिनार -२०२४ कार्यक्रम यहि जनवरी २४ गते आइतवार हुने भएको छ । सउलमा हुने कार्यक्रमको आवश्यक तयारी भैरहेको कार्यक्रम संयोजक निला राईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बिशेषत कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । कार्यक्रममा कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष र अधिकारहरु, भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु, कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू र उनिहरुका सफलताका कथाहरु र भावी योजनाका बारेमा व्यापक रुपमा छलफल हुने संयोजक राईले जानकारी दिनुभयो ।
थप जानकारीका लागि तलका नम्वरहरुमा सम्पर्क गर्न सकिने छ ।
कार्यक्रम : मिति : २०२४ , जनवरी १४ , आईतवार
समय : १:०० बजे दिउसो स्थान : सउल, दक्षिण कोरिया Seodaemun Station EXIT-5बाट ५ मिनटअगाडी
서울시 중구 정동길5 경향신문사 별관 4층
थप जानकारीको लागि सम्पर्क: निला राईः 01099761585 कार्यक्रम संयोजक बुद्धि गुरुङः01042393305 पार्वती मोक्तानः01085358860 हरिप्रसाद भट्टराईः01022050269 सुनिल कन्दङगवाः01098622507, आरति ह्योल्मो : 01047336316 तारा पुन मगर : 01073420412 केशव थापा : 10129709841 कमल भण्डारीः 01058071228 पुष्कर बुढाथोकीः 01042040662 , भक्त बहादुर गुरुङः 01023346649, बिष्णु बुढाथोकीः 01082271594 युविन श्रेष्ठः 01021087582 बिन्दु शाह : 01064994715 बिष्णु रकाल : 01021923935 मंगल प्रसाद योङ्गहाङ्ग : 01097788903 सुदन जुहारचन थकाली : 01048057613 गंगा राजन मगर : 01084204430 रुबिन रेग्मी : 01082903874 सपना अधिकारी: 01021087582






