स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा जनवरी २१ मा हुने - News site from Nepal

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परवार दक्षिण कोरियाको २६ औँ साधारण सभा हुने भएको छ ।
संस्थाको २६ औँ साधराण सभा आगामी जनवरी २१ गते आईतवार हुने भएको हो ।
नेपाल थाई रेष्टुरेण्टको सभा हल सिओलमा हुने साधारण सभाा विभिन्न प्रतिवेदनहरु प्रस्तुत हुनुका साथै आगामी कार्ययोजनाका बारेमा समेत छलफल गरिने भएको छ । कार्यक्रम विहान ११ बजेदेखि शुरु हुने भएको छ । समाजका उपाध्यक्ष माधव अर्यालले अहिले साधारण सभाको तयारी भैरहेको छ । साधारण सभामा सहभागि हुन दक्षिण कोरियावासी सम्पुणर् दाजुभाई तथा दिदीबहिनीहरुलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।
स्याङ्जाली एकता उपकारी मन, सद्भाव सँगै विताऔँ परदेशी जीवन भन्ने मुख्य नारा सहित स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!