जनता आधारभुत विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न - News site from Nepal

रामचन्द्र भुसाल
फलेवास –  पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँको अर्मनामा रहेको जनता आधारभुत विद्यालयले आफ्नो ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
आईतबार विद्यालयमा विभिन्न कार्यक्रमका साथ दिवस सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा विभिन्न विधाबाट उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कार वितरण गरीनुका साथै चन्दादाताहरुलाई सम्मान गरीएको थियो । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले समुदायिक विद्यालयमा सोचेजस्तो गुणस्तर नभएको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । निजि विद्यालयमा पढ्ने विद्यार्थी र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुविच समुदायले हेर्ने दृष्टिकोण र अभिभावकहरुले विद्यार्थीहरुलाई गर्ने व्यवहारमा फरक रहको कुरामा विचार गर्दै तिवारीले सामुदायिक विद्यालयमा अध्यापन गराउने अभिभावकहरुले आफ्ना छोराछोरीहरुको पठनपाठनको ख्याल नगर्ने पद्धति रहको भन्दै यस विषयमा ध्यान दिन आग्रह गर्नुभयो समुदाय विद्यालय साझेदारीको पाटोलाई सवल बनाउन आवश्यक रहको कुरा गर्दै तिवारीले समग्र अभिभावकहरुलाई छोराछोरीको शैक्षिक स्थीतिबारे बेला बेलामा शिक्षकहरुसंग सहाकार्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्बर ५ खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, नगर शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्य, भवानि विद्यापिठ मा.वि.का प्रधानाध्यापक अर्जुन कुमार रेग्मि, विद्यालयका बरीष्ठ सल्लाहाकार हिरामणि सापकोटा, वडा सदस्य हरी कुमार श्रेष्ठ, अभिभावक, पुर्व विद्यार्थी, चन्दादाता, अक्षयकोषदाता, समाजसेवी, विभिन्न संघ सँस्थाका पदाधिकारी, सुरक्षकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बैकुण्ठ प्रसाद श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थिहरुले नाटक लगायतका विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यममा स्वागत मन्तव्य मोति प्रसाद शर्माले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका ईन्दिरा तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!