
पर्वत २३ साउन ः दक्षिण पर्वतको पैयुँ गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएको छ ।
पैयूँ गाउँपालिका वडा नं. ४ हुवास स्थित भकुण्डे वगरमा भवन बनेको हो । वि.सं. २०७८ साउन १० गतेदेखि निर्माण शुरु भएको भवन तीन वर्षमा सम्पन्न भएको संचालनको तयारी गरिएको छ ।
प्रशासकीय भवन साढे तीन तलाको रहेको छ । ३८ कोठा र लिफ्ट सहितको अत्याधूनिक भवन रु. पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए ।
प्रशासकीय भवन निर्माणका लागि विवेक एण्ड कुवेर विल्डर्स वालिङ स्याङ्जाले जिम्मा पाएको थियो । १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनि विभिन्न कारणले केहि ढिलाई भएको पैंयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न भएको उक्त भवन यहि साउन २५ गते शुक्रवारदेखि संचालनमा ल्याईने भएको छ । पैंयुँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले जानकराी दिनुभयो ।
स्थापना कालदेखिनै हालसम्म पैंयुँ गाउँपालिकाको कार्यालय भाडाको घरमा संचालन हुँदै आएको थियो । मासिक झण्डै रु. एक लाख रुपैया भाडा खर्च हुँदै आएकोमा अबदेखि भने उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताउनुभयो । यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ
प्रमुख प्रशासकिय भवनमा न्यायिक समितिको ईजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, लगायत विषगत शाखाका अलगअलग कार्यकक्ष बनाइएको छ । गाउँपालिकाको भवन मन्त्रालय शैलीमा बनेको प्रमुख प्रशासकिय अधिकृत रिमालले बताउनुभयो ।
‘अहिले पुरानो कार्यालयमा रहेका सामाग्रीहरु नयाँ भवनमा सार्ने काम चलिरहेको छ’ प्रमुख प्रशासकियअ अधिकृत रिमालले भन्नुभयो-‘साउन २५ गतेदेखि सवै काम उतैबाट संचालन हुन्छ ।’ अहिले कार्यालय रहेको स्थानवाट झण्डै पाँच सय मिटरको दुरीमा नयाँ भवन बनाईएको हो ।
यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ
पालिकाको मुख्य प्रशासनिक भवन सँगै वडा कार्यालयहरु समेत धमाधम निर्माण भैरहेको जनाएको छ । ७ वटा वडा कार्यालय रहेको पैंयुँमा अधिकांसका सुविधासम्पन्न कार्यलय बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले बताउनुभयो ।