राष्ट्रियसभामा गण्डकीवाट पर्वतकी माओवादी नेतृ सुवेदीको उम्मेदवारी - News site from Nepal

पर्वत- माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार ६ वटा प्रदेशवाट ६ जनाको नाम टुंगो लगाएको छ । जसमा गण्डकी प्रदेशवाट पर्वतकी नेतृ मनरुपा सुवेदी विमला छनौट हुनुभएको छ ।
माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कणर्ालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुगो लगाएको जनाएको छ ।
सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि आजै मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!