जन्म दिनको खर्च कटाएर ह्वील चेयर प्रदान - News site from Nepal
जन्म दिनको खर्च कटाएर ह्वील चेयर प्रदान

पर्वत जेठ २४ गते । यहाँका एक व्यक्तिले आफ्नो छोराको जन्म दिनको खर्च कटाएर मन्दिरलाई ह्विल चेयर हस्तान्तरण गर्नुभएको छ ।
पर्वतको दुर्लुङ काफलचौर निवासी स्वर्गिय क्याप्टेन गुनबहादुर गुरुङको छोराहरु डेविड गुरुङ र बिपिन गुरुङले आफ्नो छोरा रियान्स गुरुङको जन्म दिनको अवसरमा उक्त सहयोग गर्नुभएको हो ।
बिहिबार बागलुङ स्थित कालिका मन्दिरका अध्यक्ष कुमार खड्कालाई करिब १ लाख बराबरका १० थान ह्वील चियर हस्तान्तरण गर्नुभएको हो ।
आस्थाको केन्द्रको रुपमा रहेको कालीका मन्दिरमा आउने अशक्तहरु मन्दिरसम्म जान समस्या भएको देखेपछि आँफूहरुले उक्त चियर हस्तान्तरण गरेको गुरुङले बताउनुभयो ।
यसले मन्दिरमा जाने आउने अशक्त अपाङ्गहरुलाई सहयोग गुरुङको भनाई छ । हस्तान्तरण कार्यक्रममा गुरुङको हजुरआमा पदमसुवा देबी गुरुङ्ग, आमा बिन्ति गुरुङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!