संघवाट पर्वतका स्थानीय तहलाई २ अर्ब ८७ करोड बजेट बिनियोजन - News site from Nepal
संघवाट पर्वतका स्थानीय तहलाई २ अर्ब ८७ करोड बजेट बिनियोजन

पर्वत – पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षमा रु. २ अर्ब ८७ करोड ११ लाख रुपैया पाउने भएका छन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट अनुसार जिल्लाका सात पालिकालाई अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्तर्गत उक्त बजेट बिनीयोजन भएको हो । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु. २ अर्ब ८७ करोड ११ लाख रुपैया पाउने भएका हुन् । गत वर्ष भन्दा रु. आठ करोड ११ लाख रुपैयाले बढि अनुदान बिनीयोजन भएको छ ।

विनियोजित बजेटमध्ये सवैभन्दा बढि कुश्मा नगरपालिकालाई र सवैभन्दा कम महाशिला गाउँपालिकालाई परेको छ । कुश्मा नगरपालिकालाई रु.६४ करोड २० लाख बिनीयोज भएको छ । जस मध्ये समानीकरण अनुदान रु.१२ करोड ६६ लाख, सशर्त अनुदान रु.५० करोड ५१ लाख र समपुरक अनुदान रु.२५ लाख रुपैया बिनीयोजन भएको छ ।

फलेवास नगरपालिकालाई रु. ५४ करोड १६ लाख रुपैया बिनीयोजन भएको छ । जसमध्ये समानीकरण अनुदान रु.९ करोड ७८ लाख र ससर्त अनुदान रु.४३ करोड ८३ लाख बिनीयोजन भएको छ भने फलेवासका लागि विशेष अनुदान बिनीयोजन भएको छैन ।

पर्वतको मोदी गाउँपालिकालाई रु. ४१ करोड ६४ लाख रुपैया बिनीयोजन भएको छ जसमध्ये समानीकरण अनुदान रु. नौ करोड छ लाख र सशर्त अनुदान रु. २९ करोड ७३ लाख बिनीयोजन भएको हो । मोदीले रु. दुई करोड ८५ लाख समपुरक अनुदान पाएको छ । यो खबर हिजो बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

यस्तै जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ मा रु. ३४ करोड ८० लाख रुपैया बजेट पाउने भएको छ । उक्त बजेट मध्ये समानीकरणतर्फ रु. नौ करोड ३८ लाख र सशर्त अनुदान तर्फ रु. २३ करोड, ९७ लाख र समपुरक अनुदानतर्फ रु. एक करोड ४५ लाख रुपैया बिनीयोजन भएको छ ।

त्यसैगरी बिहादी गाउँपालिकालाई रु. ३४ करोड ५४ लाख रुपैया बिनीयोजन भएको छ । जसमध्ये समानीकरण अनुदानतर्फ रु. सात करोड ६४ लाख र सशर्त अनुदान तर्फ रु. २३ करोड ४० लाख रुपैया बिनीयोजन भएको छ । यो पालिकालाई रु. एक करोड ५० लाख रुपैया बिषेश अनुदान र रु. दुई करोड समपुरक अनुदान अनुदान बिनीयोजन भएको छ । यो खबर हिजो बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

बजेटमा पर्वतको पैंयुँ गाउँपालिकालाई आगामी आर्थिक वर्षमा कुल रु. ३० करोड १३ लाख रुपैया बिनीयोजन भएको छ । बजेट मध्ये समानीकरण अनुदान रु. आठ करोड आठ लाख, सशर्त अनुदान रु. २१ करोड ४५ लाख र समपुरक अनुदान रु. ६० लाख बिनीयोजन भएको हो ।

जिल्लाको महाशिला गाउँपालिकालाई सवैभन्दा थोरै बजेट बिनीयोजन भएको छ । यो पालिकाको लागि कुल रु.२७ करोड ६४ लाख बिनीयोजन भएको छ । यो बजेटमध्ये समानीकरण अनुदान रु. सात करोड ११ लाख, सशर्त अनुदान रु. १८ करोड ३ लाख र विशेष अनुदान रु. एक करोड ५० लाख तथा समपुरक अनुदान रु. एक करोड बिनीयोजन भएको हो ।

संघीय सरकारको बजेट सार्वजनिक भएसँगै जिल्लाका सातवटै स्थानीय तह आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको तयारीमा जुटेका छन् । सवै स्थानीय तहले स्थानीय तह र बस्ती बस्तीमा पुगेर योजना तथा रायसुझाव संकलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!