धौलागिरि बहुउद्धेश्यीय महिला विकास समितिमा पौडेल - News site from Nepal
धौलागिरि बहुउद्धेश्यीय महिला विकास समितिमा पौडेल

पर्वत- सामाजिक सेवामा सक्रिय धौलागिरि बहुउद्धेश्यीय महिला विकास समिति पर्वतको नबौ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले शारदा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा देवी पराजुली, द्धितिय उपाध्यक्षमा दिपा शर्मा, तृतिय उपाध्यक्षमा कमला सुवेदी रहनुभएको छ । त्यसैगरी सचिबमा लक्ष्मी पौडेल र कोषाध्यक्षमा देवि घिमीरे रहनुभएको छ । समितिका अन्य पदाधिकारी र सदस्यहरु पछि चयन गरिने बताईएको छ । कार्यक्रम संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञासु लगायतले बोल्नुभएको थियो । यो संस्थाले स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!