हत्या गरिएका दम्पतीको एउटै चितामा अन्त्येष्टि, हत्यामा संलग्न पत्ता लगाउन सकस, अनुसन्धान जारी - News site from Nepal

पर्वत, २३ चैत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ ।

सोमवार राती स्थानीय ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीवार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो ।

जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयवासीको ओईरोनै लागेको थियो । विभत्स हत्या भएकोले सागर गएकाहरु कसैका आँखा ओभाना थिएनन् । सवैले निकै ठुलो पश्चाताप व्यक्त गरेका थिए भने अहिलेसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न नसकेको मा गुनासो समेत गरेका थिए । कोरियामा रहेका दुई छोरा बुधवार साँझ आईपुगेपछि बेनी अस्पतालमा रहेका शब पोष्टमार्टम गरेर दाहसंस्कार गरिएको हो ।

दुई छोरा कोरिया, एउटा छोरा म्याग्दीको बेनीका ब्यावसायी । घरमै किराना पसल, खेतीपाती, भैसीपालन गरेर जीवन विताउँदै आएका जिसी दम्पत्ती मिलनसार एवम् सहयोगी भावनाका थिए । जीवनको उत्तरार्दमा आफ्नै दुःखजिलो गरेर खाएका बृद्ध दम्पत्तीलाई हत्यानै गर्नुपर्ने कुनै कारण देखिदैनथ्या,े सागरमा भेटिएका स्थानीय लालबहादुर अधिकारीले भन्नुभयो । अकल्पनिय र सुन्नै नसकिने घटनाले गाउँनै शोकमग्न बनेको उहाँको भनाई छ ।

दम्पती हत्या भएको पाँच दिनसम्म पनि दोषि पक्राउ पर्न सकेका छैनन । नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको टोली अहिलेपनि गाउँमै अनुसन्धानमा व्यस्त रहेको छ । आफन्त वा शंकास्पद व्यक्तिहरुलाई शोधपुछ गर्ने, वयान लिने र अन्य प्राविधिक कोणवाट अनुसन्धान कार्य जारी रहेको पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

जिसी दम्पतीलाई लुटेराहरुले नै हत्या गरेको प्रहरीको ठहर छ । गरगहना लुटपाट गर्ने, अन्य सम्पत्ती खोजीका लागि बाकसहरु तोडफोड गर्ने जस्ता घटनाले लुटेराहरुकै समुहले हत्या गरेको प्रहरीको निष्कर्ष रहेको छ ।
जिसी परिवारले एकसातापछि कास्कीको पोखरामा जग्गा किन्ने तयारी समेत गरेको खुलेको छ । जग्गा खरिदका लागि रकम जुटाईरहेको र त्यही रकम लुट्ने उदेश्यले दम्पतिको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानको निस्कर्ष छ । दम्पतीको हत्या सम्पति लुट्ने उदेश्यले भएको निस्कर्षमा पुगेको प्रहरीलाई हत्या कसले गरेको हो भन्ने विषयमा पाँच दिनसम्म पनि पत्ता लगाउन समस्या देखिएको छ ।

जिसी परिवारको बारेमा पहिचान भएकै व्यक्तिवाट हत्या भएको हुनसक्न भन्दै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी नायब उपरिक्षक भुसालले बताउनुभयो ।
जलजला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाशबहादुर जिसीले मृतक दम्पतीले यही महिना पोखरामा जग्गा किन्न लागेको जानकारी दिनुभयो । वडाध्यक्ष जिसीका अनुसार पोखरामा जग्गा किन्नका लागि पहिल्यै बैना गरिसकेको र यही महिनाभित्रमा पास गर्ने तयारी गरेको थाहा पाएर रकम लुट्नका लागि हत्या गरेको हुनसक्छ ।
उनिहरुले स्थानीय साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट रु.५ लाख, रोक्का भएको जग्गाबाट रु.५ लाख रुपैयाँ ऋण दिने र पछि अरु जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने योजना बनाएका थिए । त्यसैगरी मल्लाज बहुउदेश्यीय सहकारी संस्थाबाट २७ गते रु.१० लाख रुपैयाँ लिने तयारी रहेको स्थानीयले बताएका छन् । उनीहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शंकामा लुटपाट गरेको र त्यसक्रममा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
—
लक्ष्मीप्रसाद सापकोटा

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!