पर्वतको जलजलामा बरामद भएका मदिरा नष्ट - News site from Nepal
पर्वतको जलजलामा बरामद भएका मदिरा नष्ट

पर्वत- पर्वतको जलजला गाउँपालिकाले बगरफाँट क्षेत्रमा गरेको बजार अनुगमन क्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्यपदार्थलाई सोमबार पालिकामुकाम क्षेत्र रहेको लामाखेतमा खाडल खनी नष्ट गरेको छ ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा प्रमुख कृष्ण प्रसाद रिजाल, वारीबेनी प्रहरी चौकीकाअसाई घनश्याम ढकाल समेतको टोलीले बरामद भएका अवैध मदिरा, म्याद गुज्रेका खाद्यपदार्थलाई खाडल खनी नष्ट गरेको हो ।

‘गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ, क्रमश सवै वडा र वस्तीका पसलहरु अनुगमन हुन्छ । म्यादगुज्रेका र सडेगलेका खाद्यान्न बेच्ने, कानुनी स्वीकृती नलिई मदिरा तथा सुर्ती जन्यपदार्थ बेच्ने, विद्यालय क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ बेचेको भेटिएमा जफत गरी नष्ट गरिने छ’ गापा उपाध्यक्ष दीपक आचार्यले भन्नुभयो ‘अनुगमन बगरफा“टमा सीमित हुने छैन, कोही छुट्ने छैन, बरु अरुलाई सच्चिने अवसर बनेको छ ।’

राजश्व शाखा प्रमुख कृष्ण रिजालका अनुसार प्लास्टिक बोटलका मदिरा ५ कार्टुन, खुल्ला प्लास्टिक वोटल मदिरा ७३ पीस, घरेलु मदिरा ६० लिटर, अन्य मदिरा ४१ पीस समेत मसरुम सुप, अन्य मसला जन्यपदार्थ बरामद गरी नष्ट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!