पर्वत फोटोग्राफर संघको अध्यक्षमा शर्मा - News site from Nepal
पर्वत फोटोग्राफर संघको अध्यक्षमा शर्मा

पर्वत- पर्वत फोटोग्राफर संघको एघारौ बार्षिक साधारण सभा तथा तस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बिजय शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिबमा नारायण पौडेल, सहसचिबमा आरसी पौडेल र कोषाध्यक्षमा सुरेशराज रेग्मी तथा सहकोषाध्यक्षमा चर्चित श्रेष्ठ रहनुभएको छ ।
समितिका सदस्यहरुमा पुरन गिरी, प्रेमप्रसाद शर्मा, सुर्य ढकाल र सुर्यबहादुर केसी रहनुभएको छ ।
यस अघि आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष नारायणबहादुर केसीले बार्षिक प्रतिवेदन र सचिब बिजय शर्माले .संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघ पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहँदै आएको छ ।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्याय, गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद पौडेल, कुश्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष इश्वर गिरी, नेपाल उद्योग बाणिज्य संघ गण्डकीका उपाध्यक्ष केदारनाथ शर्मा, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, फोटो ग्राफर संघ पर्वतका संरक्षक बसन्त जोशी, फोटोग्राफर संघ बागलुङका अध्यक्ष नारायण गौतम,तनहुँका अध्यक्ष आलोक कुमार, पोखरा फोटोग्राफ संघका अध्यक्ष रामचन्द्र पोख्रेल, उपाध्यक्ष भक्त तामाङ, लुम्विनीका अध्यक्ष दिनेश अर्याल नवलपुरका कुशल अधिकारी,चितनवका अध्यक्ष ध्रुव सापकोटा, संगीत तथा इलेक्ट्रोनिक व्यावसायी संघका अध्यक्ष नारायण गिरी, औषधी व्यावसायी संघका अध्यक्ष पाण्डव श्रेष्ठ, सनचाँदी व्यावसायी संघका अध्यक्ष विनोद विक्रम पोखरेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत संघका सदस्य आरसी पौडेल र संचालन सचिब बिजय शर्माले गर्नुभएको थियो । कार्यक्रममा कलाकार आरसीपौडेल, सुदिप क्षेत्री, अर्जुन थापा, कृष्ण कँडेल लगायतले सांगितीक प्रस्तुती राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!